टस जितेर पहिले ब्याटिङ रोजेको युएईले नेपाललाई दियो २७८ रनको चुनौती

काठमाडौँ, ३ फागुन । नामिबियामा जारी आईसीसी विश्व क्रिकेट लिग डिभिजन–२ अन्तरगतको अन्तिम खेलमा नेपालले युएईबाट २७८ रनको चुनौती पाएको छ ।

टस जितेर पहिले ब्याटिङ रोजेको युएईले ४ विकेटको क्षतिमा पुरै ५० ओभर खेल्दै २७७ रन बनाएपछि नेपालले कठिन लक्ष्य पाएको हो ।

युएईका लागि गतिलो स्कोरमा पुर्याउने क्रममा अस्फाक अहमदले १२३ बलको सामना गर्दै ११४ रनको विस्फोटक पारी खेले । त्यसपछि कप्तान रोहन मुस्ताफाले अर्धशतकीय पारी खेल्दै ७४ बलमा ५१ रन बनाउन सफल भए ।

नटआउट रहेका रमिज सहजादले ४६ बलमा ४१ रनको पारी खेले । त्यसैगरी शाहीमान अनवरले २४ बलमा ४० रनको विस्फोटक पारी खेले ।

नेपालका लागि सोमपाल कामी, सन्दीप लामिछाने र बसन्त रेग्मीले समान १/१ विकेट लिन सफल भए । नेपालले बुधबार भएको क्यानडाविरुद्धको खेलमा अन्तिम बलमा जित निकाल्दै डिभिज १ मा बढुवा र विश्वकप छनोट खेलमा स्थान पक्का गरिसकेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।