नेपालले हान्यो छक्का !, कति रन हान्नुपर्छ नेपालले जित्न ? हेर्नुहोस लाइभ

नामिबियामा भइरहेको आइसिसी विश्व क्रिकेट लिग डिभिजन दुईअन्तर्गत आजको अन्तिम खेलमा संयुक्त अरब इमिरेट्स (युएइ)ले नेपाललाई जितका लागि २७८ रनको लक्ष्य दिएको छ ।

नामिवियास्थित विन्डहोकस्थित वन्डर्रस क्रिकेट मैदान टस जितेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ४ विकेट गुमाउँदै २७७ रनको योगफल बनायो ।

युएइका लागि सुरुवाती व्याट्सम्यान अस्फाक अहमेदले शतकीय पारी खेले । १२३ बल खेलेका उनले तीन छक्का र १० चौका गरी कुल ११४ रन जोडे ।

त्यस्तै कप्तान रोहन मुस्ताफाले ५१, साइमन खनवरले ४० तथा रमिद शहजादले अविजित ४१ रन जोडे ।

बलिङतर्फ नेपालका लागि सोमपाल कामी, वसन्त रेग्मी र सन्दीप लामिछानेले समान एक एक विकेट लिए । लिग चरणको खेलमा नेपालले युएईलाई ४ विकेटले पराजित गरेको थियो । नेपाल अहिले जवाफी व्याटिङमा उत्रेको छ ।

https://youtu.be/f-W52fwl5iw



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।