पारस एक्लैले १ सय १२ रन बनाए पनि नेपाललाई जिताउन सकेनन्
काठमाडौं, फागुन ३ – डिभिजन टूको फाइनमा नेपालका कप्तान पारस खडकाले यएईविरुद्ध शतक हानेका छन ।

उनले १ सय ३ बलमा ८ छक्का र ३ चौका प्रहार गर्दै शतक हानेका हुन । नेपालको इनिङ धर्मराउँदा पनि पारसले सम्हालिएर ब्याटिङ गर्दै नेपालको स्कोर उकासेका थिए ।
२ सय ७८ रनको लक्ष्य पछ्याएको नेपालले ५० ओभरमा ८ विकेट गुमाएर २ सय ७० रन बनाउँदा पारस एक्लैले १ सय १२ रन बनाए ।
तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका पारसले ८ छक्का र तीन चौका हानेका छन । यो प्रतियोगिता अवधिभर नेपालका कुनै पनि खेलाडीले एक्लै ८ वटा छक्का हानेका छैनन । नेपाललाई अन्तिम ओभरमा जितका लागि २८ रन चाहिएको थियो ।
पारसले अन्तिम ओभरमा ३ छक्का र एक रनसहित १९ रन बनाए पनि नेपाललाई जिताउन सकेनन् ।


