मान्छे बोकेरै मनग्गे कमाई !

भन्छन्-‘सेवा र धर्म पनि हुने, पैसा पनि कमिने’

धनकुटा खबर । धनकुटा / ताप्लेजुङ । ताप्लेजुङमा रहेको प्रशिद्ध पाथिभरा मन्दिरमा आउने भक्तजनहरुलाई बोकेर उक्त क्षेत्रका दर्जनौ सर्वधारणहरुले मनग्गे आम्दानी गर्ने गरेका छन् ।

ताप्लेजङ्ग बजार देखि १८ किलोमिटर पश्चिम–उत्तर पाथिभरा गाबिसको हिमाली क्षेत्रमा पर्ने यस तिर्थस्थलमा बर्षको चार महिना असोज, कार्तिक, चैत र बैसाखमा भक्तजनहरुको अत्याधिक भिड लाग्ने गर्छ ।

मन्दिरका पुजारी देबेन्द्र उपाध्यायका अनुसार बर्षको ४ महिना दैनिक ४ हजारको हाराहारीमा र अन्य समयमा १ सय ५० को हाराहारीमा आन्तरीक तथा बाहय धार्मिक पर्यटकहरु आउने गरेका छन् ।

सदरमुकाम देखि गाबिसको काफ्ले पाटी सम्म साना सवारीहरु पुगेपनि उक्त स्थानबाट मन्दिर सम्म पुग्न न्यूनतम ४ देखि ६ घटा सम्म उकालो पैदल पुग्नुपर्ने हुन्छ ।

चीसो, थकाई र लेक लाग्ने(चीसोले बिरामी हुनु) भएका कारण उक्त दुरी पार गरेर पहाडको टाकुरा सम्म पुग्न जेष्ठ नागरीक, बिरामी पर्नेहरु र बालबालिकाहरुलाई निकै कठिन हुने गरेको छ ।

उक्त समस्यामा सहयोग गरेर स्थानियबासीहरुले बर्षौ देखि पाथिभराको काफ्ले पाटी देखि मन्दिरमा पु¥याएर पुनः सोही स्थानमा ल्याउने सेवा दिएर राम्रो आम्दामी गर्नेगरेका हुन् ।

प्रति केजी २ सय रुपैंया र दुरी अनुसार मान्छे बोकेर ताप्लेजुङ्ग सावा गाबिस ८ मेवा खोलाका अनिस लिम्बुले दैनिक १५ सय सम्म कमाउने गरेको बताए ।

उनले भने,‘सेवा र धर्म पनि हुने, पैसा पनि कमिने ।’

दाउरा काट्ने कामका लागि उक्त स्थानमा आएका ३१ बर्षिया लिम्बुले दाउरा काट्ने रोजगार भन्दा मान्छे बोक्ने कामबाट राम्रो आम्दानी हुने भएपछि गत बर्ष देखि आफू यो काममा लागेको जानकारी दिए ।

त्यस्तै बिगत ३ बर्ष देखि मान्छे बोक्दै आएका ताप्लेजुङ्ग बजारका ३५ बर्षिया टेक बहादुर राईले पनि उक्त स्थानमा नियमित जस्तै काम पाउने भएकाले आफू मान्छे बोक्ने काममा लागेको बताए ।

उनले पनि दैनिक १ हजार २ सय देखि १ हजार ५ सय सम्म कमाए पनि काम गर्न सक्ने र बलियाहरुले सिजनमा दैनिक ५ हजार सम्म कमाउने जानकारी दिए ।

उनले भने,‘माताको कृपाले म जस्ता धरैले यहाँ बर्षौ देखि यहाँ रोजगार पाएर जीवन चलाएका छन् ।’

बर्षको ४ महिना उक्त स्थानमा दैनिक ४० देखि ५० जना सम्मले भरीयाको काम गर्ने भएपनि अफ सिजनमा अहिले दैनिक ५ देखि ७ जना सम्मले काम गर्दै आएको राईले जानकारी दिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।