‘तिम्लाई मनपराउनु मेरो गल्ती होइन’ – पुर्णिमा लामाले गाईन यति मिठो गीत – हेर्नुहोस् भिडियो

रिलिज गरेको छोटो समयमै दर्शक तथा श्रोताको ओठमा झुण्डिन सफल ‘तिम्लाई मनपराउनु मेरो गल्ती होइन’ बोलको गीतलाई अब लेडिज भर्सनमा पनि सुन्न पाइने भएको छ ।

यस गीतलाई मेल भर्सनमा चर्चित गायक राजेशपायलले गाएका छन् । अब यसै गीतलाई लेडिज भर्सनमा पूर्णिमा लामाले गाएकी छन्, जो नेपाली सांगीतिक क्षेत्रमा उदाउँदी गायिका हुन् ।

चर्चित गायिका अञ्जु पन्तसँग कम्पायर गरिएकी नवोदित गायिका पूर्णिमाले ‘तिम्लाई मन पराउनु मेरो गल्ती होइन’ गीतलाई यति मिठो स्वरमा गाएकी छन् कि गीत सुन्दा अञ्जुसँगको कम्पायरलाई अनर्थ लिन सकिन्न ।

यस गीतका शब्दरचना मोडल तथा गीतकार दर्पण राईले लेखेका हुन् । ‘तिम्ले बाटो फेरेउ अरे’जस्ता गीत लेखेर चर्चामा आएका गीतकार दर्पणले हरेक आफ्ना गीतलाई विभिन्न भर्सनमा रेकर्ड गराउने गर्छन् । यस्तै, उनले ‘तिम्लाई मन पराउनु मेरो गल्ती होइन’ लाई पनि महिला भर्सनमा रेकर्ड गराएका हुन् । एउटै गीतलाई विभिन्न भर्सनमा रेकर्ड गराउँदा प्रतिभा भएका कलाकारलाई अवसर मिल्ने दर्पणले बताए । ‘तम्ले बाटो फेरेउ अरे’लाई उनले चाइल्ड भर्सनमा समेत रेर्कड गराएका छन् । उक्त गीतको होम भिडियोलाई लाखौले यु–ट्युबमा हेरिसकेका छन् ।

पछिल्लो समय ‘तिम्लाई मन पराउनु मेरो गल्ती होइन’लाई महिला भर्सनमा पूर्णिमालाई गाउन दिएका छन् । जो नेपाली संगीत क्षेत्रमा उज्वल भविष्य लिएर आएर बढिरहेकी छन् । मिठो स्वरकी धनी पूर्णिमाको स्वरले सजिएको यस गीतलाई दर्शक तथा श्रोताले रुचाउँछन् भन्नेमा गीतकार दर्पण ढुक्क छन् । यस गीतको संगीत महेन्द्र राईले गरेका हुन् ।

https://youtu.be/ZW7PzGoulUI



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।