नरमाया उर्फ प्रज्ञा को हुन् जसलाई राजेन्द्र महतोको दवावमा समानुपातिक सांसद बनाईयो ?

काठमाडौ, ५ फागुन । राष्ट्रिय जनता पार्टी नेपालका नेता राजेन्द्र महतोको दवावमा समानुपातिक सांसद बनेकी नरमाया ढकाल उर्फ प्रज्ञाका विषयमा पार्टीभित्र विभिन्न आलोचना र टिकाटिप्पणी भएको छ ।

नरमायाले मधेस आन्दोलनमा के कति योगदान पु¥याएकी हुन् खोजी हुन थालेको छ । नरमायालाई महतोको दवावमा सांसद बनाइएको एक नेताले बताए । ‘नरमाया ढकालले कुनै पनि दिन मधेस आन्दोलनमा सहभागिता जनाउनु भएको मलाई थाहा छैन’, राजपा अध्यक्षमण्डलका सदस्य एक सदस्यले भने, ‘महतोजीले उहाँका पक्षमा किन यसरी लविङ गर्नुभयो ? हामीले बुझ्न सकेका छैनौँ ।’

स्रोतका अनुसार नरमायालाई सांसद बनाउन महतोले दुई करोड रुपियाँ लिएको आरोप छ । यद्यपि सो आरोप मान्न महतो तयार छैनन् ।

राजपाभित्र नेता तथा कार्यकर्ताले नरमायाको व्यक्तित्वको खोजी गर्न थालेका छन् । नरमायाले प्रज्ञा ढकालको नामबाट फेसबुक चलाउने गरेकी छिन् । उनले फेसबुकमा राजनीतिक कुराभन्दा पनि विभिन्न कलाकारसँग जोडिएर खिचिएका तस्बिरहरू राखिएका छन् । राजनीतिसँग संलग्न कुनै पनि पोष्ट देख्न सकिँदैन ।

नरमायाका पति विष्णु लामिछाने हुन् । लामिछाने व्यवसायी हुन् भनेर राजपालाई जानकारी दिइएको छ । तर के व्यवसाय भनेर नभनिएको पार्टी कार्यालयका कर्मचारीले बताए ।

नरमायाका दाई प्रदीप ढकाल पशुपति विकास कोषका कर्मचारी रहेको समेत खुल्न आएको छ ।

नरमाया २०३८ सालमा कैलाली जिल्लाको धनगढी उपमहानगरपालिकामा जन्मिएकी हुन् । स्याङ्जा जिल्लाको पञ्चमुलमा हुर्किएकी नरमाया पछिल्लो समय बर्दिया जिल्ला निवासी हुन् ।

राजपाका नेता महतोले किन नरमायालाई समानुपातिक सांसद बनाउने यति ठूलो अडान लिए भनेर चर्चा हुने गरेको छ । तर, मधेस र मधेसी जनताको पक्षमा राजनीति गर्दै आएका नेता तथा कार्यकर्ताहरूले चित्तबुझ्दो जवाफ पाएका छैनन् ।

मधेस आन्दोलनमा शून्य योगदान पनि नदिएकी नरमायालाई सांसद बनाइएपछि कार्यकर्ताहरूले सामाजिक सञ्जालमा तथानाम टिकाटिप्पणीहरू गरेका छन् । नेता महतोको पनि आलोचना थालेका छन् । यतिसम्मकी राजपाका कार्यकर्ताहरूले सामाजिक सञ्जालमा नरमायाप्रति महतोले देखाएको रुचीप्रति पनि अनेकथरी प्रश्न उठाएका छन् ।

‘यदि खस समुदायबाट नै कसैको नाम दिनुपर्ने थियो भने मधेशमा थुप्रै यस्ता महिला छन् । जसले मधेशीवादी दलको झण्डा बोकेर आन्दोलनमा उत्रिएका थिए । काठमाडौमा मधेशवादी दलले आन्दोलन गर्दा थुप्रै पहाडी समुदायका महिलाहरू मधेशवादी दलको झण्डा बोकेर सिंहदरवार र बालुवाटार घेर्नका लागि आएका थिए । त्यसमध्येका कुनै महिलालाई सांसद बनाएको भए के हुन्थ्यो ?’, एक नेताले भने ।

राजपामा नरमाया ढकालभन्दा विभा ठाकुर, चुनी खातुनहरूको योगदान धेरै बढी रहेको भन्दै पार्टी कार्यालय बबरमहलमा चर्चा हुने गरेको छ । दैनिक नेपालबाट



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।