धनकुटाका सबै वडालाई स्वास्थ्य तालिम
धनकुटा खबर । प्राथमिक उपचार सम्बन्धि चार दिने तालिम आजदेखि धनकुटामा सुरु भएको छ ।

धनकुटा नगरपालिकाको सहयोग जिल्ला युवा समिति धनकुटाको संयोजन,नेपाल रेडक्रस सोसाइटी धनकुटाको प्राविधिक सहयोग तथा आदिवासि जनजाति अनुसन्धान केन्द्र धनकुटाको आयोजनामा तालिम सुरु भएको हो ।
धनकुटा नगरपालिकाका १० वटै वडाका २४ जनाको सहभागिता रहेको तालिमको सहजीकरण रेडक्रसका प्राविधिकहरुले गरिरहनुभएको जिल्ला युवा समिति धनकुटाका अध्यक्ष अर्जुन छाराले जानकारी दिनुभयो ।
तालिममा प्राथमिक उपचारसम्बन्धि जानकारी दिइने आयोजकले जनाएको छ


