ओलीको बोली- ‘सिलवाल गृहमन्त्री !’, बन्लान त ?

काठमाण्डौं, अदालतमा किर्ते गरेको अभियोगमा मुद्दा चल्दै थियो । नवराज सिलवाल स्थानीय निकायको निर्वाचनको केही समयअघि एमाले अध्यक्ष केपी ओली भेट्न उनकै निवास बालकोट पुगे । ओलीको कुरा सुनेर सिलवाल चकित भए । ‘भात खान छाड्नुभयो कि के हो ? निकै दुब्लो पातलो देख्छु त ?’, ओलीले कुराको सुरुआतै यसरी गरे । सिलवालले प्रहरी पोशाकमा भन्दा सादा पोशाकमा मानिसलाई दुब्लो देखिने जवाफ दिए ।

ओलीले राज्यले अन्याय गरे पनि नआत्तिन भन्दै सिलवाललाई ढाडस दिए । व्यवस्था परिवर्तनको आन्दोलनमा लाग्दा आफूले १४ वर्षसम्म कठोर जेल सजाय भोगेको देखि दुवै किड्नी म्यामेज भएर अरुकै किड्नी राखेर बाँचिरहेको भन्दै सिलवाललाई सान्त्वना दिए । ‘१४ वर्ष जेलको कठोर यातना सहें, किड्नी ड्यामेज भयो । अर्कैको किड्नी राखेर बाँचिरहेको छु’, ओलीले भने, ‘अझै त देशका लागि केही गरौंला भन्ने सोच छ भने तपाईं किन आत्तिनु हुन्छ ?’ ओलीका कुरा सुनेर सिलवाल एकाएक ‘कन्भिन्स’ भए ।

प्रमुख प्रतिपक्षी दलको नेताका हैसियतमा आफ्ना पक्षमा विशेष समय लिएरै संसदमा कुरा उठाएपछि सिलवाल ओलीप्रति धेरै नै नतमस्तक बनेका थिए । त्यही कारण अभिभावकजस्तो लागेर उनी भेट्न गएका थिए । ओलीले कुरा गर्दै जाँदा फ्याट्ट भने, ‘अब मंसिरमा केपी ओली प्रधानमन्त्री, नवराज सिलवाल गृहमन्त्री ।’ कुरा सुन्दै अचम्म ।

प्रहरीको महानिरीक्षक हुन नसकेर रोइकराई गरेर हिंडेको मानिस ५/७ महिनापछि देशकै गृहमन्त्री कसरी सम्भव होला र ? सिलवाल खिस्स हाँसे मात्र । नभन्दै मंसिरमा चुनाव भयो । एमाले पहिलो पार्टी पनि बन्यो । ओली प्रधानमन्त्री पनि बन्ने भए । सिलवाल सांसद बने । मन्त्री बन्नका लागि सांसद पद पर्याप्त हो । तर, सिलवाल गृहमन्त्री भने नुहने भए । कारण, बाम गठबन्धनको सरकारमा गृह मन्त्रालय माओवादी केन्द्रको भागमा परेको छ । गृहमन्त्री बन्दैछन् माओवादी केन्द्रका नेता वर्षमान पुन ।

यो समाचार केहि महिना अगाडी काठमाण्डौं टुडे नामको एक अनलाईन पोर्टलको हो । यतिबेला नेकपा एमालेका अध्यक्ष सम्माननिय केपी शर्मा ओली ज्यु प्रधानमन्त्री बन्नु भएको छ । र तत्कालीन प्रहरी डिआईजी नवराज सिलवाल एमालेको तर्फबाट प्रतिनिधी सभाको चुनाव जितीसक्नु भएको छ । तर सिलवाल प्रहरीको फरार सुचीमा रहेर खोजी कार्य भैरहेको छ । यस्तो अबस्थामा एमाले अध्यक्ष केपी ओलीले आफुले बोलेको जस्तै गरि गृहमन्त्री बनाउन सक्नुहोला त सिलवाललाई ?



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।