‘हे दैव ! प्रधानमन्त्री ओलीलाई भक्तहरुबाट बचाउ !’

कसैको एउटा भनाइ छः हे भगवान् ! मलाई मित्रहरुबाट बचाइदेऊ, दुशमनबाट त म आफैँ बचौँला । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीको सन्दर्भमा यो भनाइ ठ्याक्कै मिलेको छ । ओली यसपटक प्रधानमन्त्री बन्ने कुरा अनपेक्षित थिएन । कसैका लागि अनौठो होइन यो । तर अनौठो र उत्पाद भएको छ कसैका लागि भने, त्यो ओलीकै ‘भक्तहरु’का लागि । उनका कार्यकर्ता, सुभचिन्तकहरु प्रधानमन्त्री भएको भोलिपल्टै शुभकामना विज्ञापनले पत्रपत्रिका रंग्याएका छन् ।

ओलीको पक्षमा र्याली र दीपावली समेत हुँदैछ । कार्यकर्ताहरुले र्याली समेत निकाल्दैछन् । यतिसम्म कि, केही उच्च तहका कर्मचारीहरुले समेत विज्ञापन छपाउँदै ओलीलाई शुभकामना तथा बधाई दिएका छन् । ओली प्रधानमन्त्री बनेकोमा यस्तो उत्पात मच्चाउनु पर्ने खास कारण थिएन । बरु यो त उनको ‘रियल टेस्ट’ हो । यसअघि उनले दिएका अभिव्यक्तिको वास्तविक परिक्षण गर्ने समय हो यो । विकास र समृद्धीको विषयमा उनले जे जस्ता अभिव्यक्ति दिएका थिए तिनको कार्यान्वयन गर्ने समय अब आएको छ । खासगरी ओलीका समर्थकले उनलाई तिनै मुद्धा र विषयबारे सकेको सुझाव–सल्लाह दिनुपर्ने थियो ।

तर त्यसो नगरेर उनीहरु त शुभकामना र बधाइको ओइरोले थिचिदिएका छन् । ओली आफूलाई चाप्लुसी गर्नेहरुलाई राम्ररी चिन्दाहुन् । तर अहिले त ओलीले ती सबैलाई राम्ररी देख्न पनि भ्याएका छैनन् । समर्थकहरु हतारमै ओलीको घाँटीमा फूलमाला पहिर्याउन पुगेकै छन् । असल वा खराब कार्यकर्ता वा समर्थक वा दुश्मन पो हुन् की भन्ने समेत ओलीले ठम्याउन मुस्किल छ । यस्तो अवस्थामा सम्मान र बधाइ फिर्ता गर्नु पनि अनुचित होला । तर असल कार्यकर्ताले के बुझ्नु जरुरी छ भने, सम्मान, बधाइ र फूलमाला त्यति लपहिर्याउनु जसले ओली उठ्नै नसकुन् !

र ओलीलाई उठ्नै नसक्ने गरी सम्मान र बधाइ तिनै कार्यकर्ताले गरिरहेका छन् । वर्षौँदेखि ओलीको बयान गर्दा गर्दै यस्तो अवस्थामा पुगिसेका छन् कि, ती स्वयंलाई कार्यकर्ताबाट भक्तमा रुपान्तरण भइसकेको पत्तो छैन । खसमा प्रधानमन्त्री त सबैका साझा हुन् नी । तर बालकोट र बालुवाटारमा पुग्ने हो भने त्यस्तो लाग्छ त ? पक्कै छैन त्यस्तो । प्रधानमन्त्री त आफन्त, कार्यकर्ता र भक्तहरुकै घेराबन्दीमा छन् । यस्तो घेराबन्दी केही दिन र सातासम्मै रहनेछ । जसले गर्दा तिनले ओलीलाई प्रधानमन्त्री बन्न नदिएर ‘केपी बा’ बनाइरहनेछन् ।

भन्न चाहिँ केपीका कार्यकर्ता पनि ‘उनी देश र जनताको पक्षमा निडर भएर काम गर्छन्’ भनिरहेका छन् । तर उनीहरुले दिनभर घेराबन्दीमा पारेपछि कसरी सम्भव छ ? फूलमालाले शरिर पुरिदिएपछि कसरी सम्भव छ ? यस्तो मारामारको समयमा के केपीले सोच्न भ्याउलान् त आम जनताको विषयमा ?

– रोहित / नेपालआज



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।