विप्लव नेतृत्व पार्टीको कार्यक्रममा प्रहरी हस्तक्षेप, ३० जना भन्दा बढी नेता-कार्यकर्ता पक्राउ
विराटनगर, ६ फागुन । नेत्रविकञ्म चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट राष्ट्रिय युवा जनस्वयंसेवक संगठनको महाधिवेशनमा प्रहरीले हस्तक्षप गरेको छ ।

विराटनगरको गुन्द्री बजमारमा भएको संगठनको तेस्रो महाधिवेशनमा हस्तक्षप गर्दै प्रहरीले नेकपामा ३० भन्दा बढी नेता कार्यकर्तालाई पक्राउ गरेको छ ।
नेकपामा स्थायी समिति सदस्य हेमन्तप्रकाश ओलीसहितका नेता पक्राउ परेका हुन् ।
स्थानीय प्रशासनले कार्यक्रम नगर्न भनि दिएको निर्देशन पालन नगरेको भन्दै उनीहरुलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको स्थानीय प्रशासनले जनाएको छ । लोकान्तर


