पूर्वराजा ज्ञानेन्द्र शाहको प्रश्न,- कानूनी राज र सुशासनबिनाको अवस्था नेपालीले कहिलेसम्म ब्यहोर्नुपर्ने ?

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले अस्थिर राजनीतिक व्यवस्थाप्रति असन्तुष्टि जनाएका छन्। प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा आइतबार अपराह्न शुभकामना सन्देश जारी गर्दै शाहले प्रजातन्त्र कानूनी राज र सुशासनको प्रत्याभुति दिलाउन नभई सिमित व्यक्तिको स्वार्थ रक्षाको लागि प्रयोग गरिएको भन्दै असन्तुष्टि जनाएका हुन्।

‘२०६३ सालमा भएको राजनीतिक परिवर्तन पछिको दशकमा देश र जनताका हितप्रति संवेदनशील एवं जिम्मेवार व्यवहार प्रस्तुत भइरहेको छ या अझै केन्द्रीत सोचको पासोमा देशको राजनीति अल्झिएको छ? त्यसको समिक्षाको समय आएको छ,’ शाहले भनेका छन्– सिमिति व्यक्तिहरुको स्वार्थ रक्षालाई नै प्रजातन्त्रका रुपमा जनताले आत्मसाथ गरिदिनु पर्ने हो कि होइन ? कानूनी राज एवं सुशासनको प्रत्याभुति दिलाउन नखोज्ने अवस्थालाई नेपाली जनताले कहिलेसम्म व्यहोरिरहनु पर्ने हो ?’

प्रजातन्त्रलाई संस्थागत गर्ने वा समस्या समाधान खोज्ने क्रममा भएका सहमति, समझदारीमा देशको गौरव बढाउने विषयले प्राथमिकता नपाएकोमा उनले गुनासो समेत गरेका छन्।

– नागरिक



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।