एमाले सांसद नवराज सिलवाल बिरुद्द प्रमाण पुगेन ! अब सिलवाल विरुद्ध मुद्दा नचल्ने

नेकपा (एमाले) का सांसद तथा पूर्व डिआइजी नवराज सिलवाल विरुद्ध मुद्दा नचल्ने भएको छ। सरकारी वकिल कार्यालय, काठमडाौंले तत्काल मुद्दा नचलाउने निर्णय गरेको हो।

सरकारी वकिलको कार्यालयले अनुसन्धान पूरा नभएको भन्दै थप प्रमाण संकलन गरेर ल्याउन अनुसन्धान प्रतिवेदन फेरि प्रहरीमा फर्काउने तयारी गरेको स्रोत बताउँछ। सरकारी वकिलको कार्यालयलाई मुद्दा नचलाउने निर्णय गर्न सक्ने अधिकार पनि छ।

आइजिपी बढुवा सम्बन्धी मुद्दामा सिलवालले पेश गरेको कार्यसम्पादन मूल्यांकन (कासमू) सम्बन्धी कागजपत्र सरकारको रेकर्डमा रहेकोभन्दा फरक भएको भन्दै अनुसन्धान गरी कारबाही गर्न सर्वाेच्च अदालतले आदेश दिएको थियो। सोही अनुसन्धानका आधारमा प्रहरीले अनुसन्धान गरी अनुसन्धान प्रतिवेदन बुझाएको हो।

सिलवालले भने सरकारले प्रतिशोध स्वरुप आफूविरुद्ध मुद्दा चलाउन खोजेको आरोप लगाउँदै आएका छन्। स्रोतका अनुसार प्रष्ट प्रमाण नभएकाले उनीविरुद्ध मुद्दा नचल्ने सम्भावना छ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।