ओली सरकारमा ‘धुर्मुस’ भौतिक पूर्वाधार मन्त्री !

काठमाण्डौ, ७ फागुन । लालबाबु पण्डितलाई मन्त्री बनाएकोमा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रशंसा भइरहेको छ ।

दिनको संकेत बिहानीले गर्छ भनेझैं ओली सरकारले शुरुमै पण्डितलाई मन्त्री बनाएर जनतामा सकारात्मक सन्देश प्रवाहित गरेको छ । लालबाबु जस्ता स्वच्छ छवि भएका र काम गर्नेलाई सरकारमा लगे जस्तै मन्त्रीमा गैरराजनीतिक र जनताबीच लोकप्रिय मान्छेलाई सरकारमा पुर्‍याउनु पर्ने नागरिकको माग रहँदै आएको छ ।

नागरिकको यहि माग पूरा हुने भएको छ । किनकी ओली सरकारमा हाँस्यकलाकार तथा सामाजिक अभियन्ता सीताराम कट्टेल (धुर्मुस) पनि मन्त्री बन्दैछन् । तर, प्रधानमन्त्री ओली आफैले धुर्मुसलाई मन्त्रीमा लैजान लागेका भने होइनन् । न त सीताराम कट्टेलले नै मलाई मन्त्री दिनु पर्‍यो भनेका छन् ।

अहिले सामाजिक सञ्जालहरुमा सामाजिक क्षेत्रमा राम्रो काम गरेका ब्यक्तित्वहरुलाई लैजानुपर्ने धारणाहरु प्रकट भइरहेका छन् ।
सामाजिक सञ्जालहरुमा भूकम्पपछि मुसहर बस्तीदेखि सिन्धुपाल्चोकका बस्तीमा घर बनाउने कलाकार सीताराम कट्टेल धुर्मुसलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनाउन सुझाव दिएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा ऐश्वर्या प्याकुरेल बस्यालले धुर्मुसलाई भौतिक पूर्वाधार मन्त्री, लोडसेडिङ हटाउने जनार्दन शर्मालाई ऊर्जामन्त्री बनाउनुपर्ने, डा. गोविन्द केसीलाई स्वास्थ्य मन्त्री र नवराज सिलवाललाई गृहमन्त्री बनाउनुपर्ने सुझाव दिएकी छन् । यीमध्ये नवराज सिलवाल मात्र सांसद हुन् । नेपालको संविधान २०७२ मा सांसद नभएको ब्यक्ति मन्त्री हुन पाउँदैन । – नयाँपेजबाट



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।