महत्व नबुझ्दा धनकुटामा त्यसै खेर गैरहेछ सित्तैमा पाइने बहुऔषधिय गुणयुक्त ‘बेल’ !
धनकुटा खबर । प्रशोधन शीपको अभाव र महत्व नबुझ्दा धनकुटाको हजारौं हेक्टर जंगलमा सजिलै र सित्तैमा पाइने बहुऔषधिय गुणयुक्त बेल यत्तिकै खेर गैरहेको छ ।
गर्मि हावापानी भएका धनकुटाका विभिन्न सामुदायीक, निजी र धार्मिक वनमा प्रसस्तै बेल पाइने भएपनि संकलन र प्रसोधन गरि बिक्रि गर्ने तर्फ ध्यान नपुर्याइदा स्वामित्ववाहक समुदाय बन र स्थानीयले अतिरिक्त आम्दानीका हिस्सा गुमाई रहेका छन् ।
जंगलबाट संकलन गरेर स्थानीय बजारसम्म पुर्याउन सकेमात्रै पनि ताजा बेल प्रतिकिलो १५ देखि २० रुपैयाँसम्ममा बिक्रि हुन्छ । सामुदायीक वनमा बेल सजिलै पाईने भए पनि त्यस बाट आम्दानी लिन नसकिएको मार्से सामुदायीक वन उपभोक्ता समितीका अध्यक्ष पूर्ण लिम्बुले बताए ।
धनकुटाको तेलिया, तांखुवा, बेलहरा लगायतका गर्मि स्थानका जंगलमा बेल पाइन्छ । स्वास्थ्यवद्र्धक र वातावरण मैत्री बेलको प्रवद्र्धनका लागि जिल्ला वन कार्यालय धनकुटा र यहाँ स्थित विभिन्न सामुदायीक वनले हरेक बर्ष विरुवा उत्पादन गरि किसानलाई वितरण समेत गर्ने गरेका छन् ।
स्थानीय स्तरमा खुलेका केहि सर्वत उत्पादन उद्योगले बेल प्रयोग गर्ने गरेको भएपनि प्रसोधन प्रविधिमा सुधार ल्याउन नसक्दा ब्यबशायीक बन्न सकेका छैनन् ।


