एकताको कुरा मिल्यो, आजै हस्ताक्षर गर्ने तयारी, ‘बादल’को नेतृत्वमा माओवादी केन्द्र सरकारमा

काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकताको सैद्धान्तिक, नीतिगत विषय टुंगिएको छ । र, आजै साँझ ७ बालुवाटारमा बस्ने पार्टी एकता संयोजन समितिको बैठकमा हस्ताक्षर हुने भएको छ ।

आइतबार एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपीशर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भएको पाँच घण्टा लामो छलफलले एकताको नीतिगत मोडालिटी टुंग्याएको र त्यसलाई अन्तिम रूप दिने एमाले महासचिव ईश्वर पोखरेलले जानकारी दिए ।

सोमबार पनि दुई अध्यक्षबीच द्विपक्षीय वार्ता भएको थियो । वार्तामा पार्टी एकता र सरकार गठनका विषयमा सहमति जुटेको र त्यसलाई बेलुका अन्तिम रूप दिइने पोखरेलले जानकारी दिए ।

“दुई अध्यक्षबीच भएको समझदारीमा सम्भवतः हस्ताक्षर हुनेछ,” महासचिव पोखरेलले बाह्रखरीसँग भने, “एकताका विषयमा धेरै कुरा टुंगिइसकेको छ ।”

पार्टी एकताका विषयमा संगठनात्मक र नीतिगत समझदारी दुई अध्यक्षबीच भइसकेको र साँझ पार्टी एकता संयोजन समितिको बैठक डाकिएको अध्यक्ष ओलीका प्रेस संयोजक चेत अधिकारीले जानकारी दिए ।

आज दुई पार्टीबीच सहमति पत्रमा हस्ताक्षर भएपश्चात मंगलबार रामबहादुर थापा ’बादल’को नेतृत्वमा माओवादी केन्द्र सरकारमा सहभागी हुने बताइएको छ । ओली नेतृत्वको सरकारमा माओवादी केन्द्रका वर्षमान पुन, जनार्दन शर्मा, टोपबहादुर रायमाझी र कृष्णबहादुर महरा जान इच्छुक रहेको बताइएको छ ।

यसअघि एमालेसँग मूर्त सहमति नभएको र प्याकेजमै सहमति हुनुपर्ने बताउँदै माओवादी सरकारमा जान मानेको थिएन । यी सवै विषय सोमबार साँझ बस्ने बैठकले ‘ब्रेक थ्रु’ गर्ने अपेक्षा राखिएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।