डा. गोविन्द केसी माथि नै नैतिकताको प्रश्न !, भेटियो केसीका तीन फरक जन्म मिति !

काठमाडौँ । अरुलाई नैतिकताको पाठ सिकाउने डा. गोविन्द केसीमाथि नै नैतिकताको प्रश्न उठेको छ । पटक–पटक अनसन बसेर चिकित्सा क्षेत्रको सुधारका लागि आफूले नैतिक आन्दोलन गरेको बताउँने केसीमाथि नै नैतिकताको प्रश्न उठेको हो ।

पछिल्लो समय केसीले सर्वोच्च अदालतका प्रधानन्यायाधीश गोपाल पराजुलीमाथि जन्ममिति र नागरिकताको प्रश्न उठाउदै आएका छन् । तर पछिल्लो समय उनीमाथि नै यो प्रश्न खडा भएको छ । प्रधानन्यायाधीशमाथि दुईवटा नागरिकता, नक्कली शैक्षिक प्रमाणपत्रको कुरा उठाउँदै आएका केसीको नै तीन थरीको जन्ममिति भेटिएको छ । सामाजिक सञ्जालमा अहिले उनको फरक–फरक जन्ममितिलाई लिएर निकै बहस भैरहेको छ ।

डाक्टर केसीको चारित्रिक प्रमाणपत्रमा जन्ममिति २०१३ माघ २४ उल्लेख गरिएको तर उपप्रध्यापक रहँदा सहप्रध्यापकमा बढुवाका लागि केसीले भरेको आवेदन फारममा जन्ममिति २०१३ मंसिर २७ उल्लेख गरिएको, त्यस्तै प्राध्यापक बढुवाका लागि उनले पेश गरेको आवेदन फारममा भने २०१३ असोज २७ उल्लेख गरिएका कागजात सामाजिक सञ्जालमा देखिएका छन् । यसको स्वतन्त्र पुष्टी हुन भने सकेको छैन् ।

घटना र विचार साप्ताहिकको अनलाइन संस्करणमा छ, ‘केसीले त्रिभुवन विश्वविद्यालयमा आफ्नो नागरिकताको प्रमाणपत्र समेत पेश नगरेको बुझिएको छ । उनले अनिवार्य रुपमा भर्नुपर्ने सिटरोल नभरेको र नागरिकताको प्रमाणपत्रको प्रतिलिपि समेत पेश नगरेकोले थप आशंका जन्माएको छ ।’ तर यस विषयमा डाक्टर केसीका सहयोगी सुमन आचार्य भने यसको पुष्टी अहिले नै भईनसकेको बताउँछन् । उनी भन्छन्, ‘तपाईंले भनेको कुरा सहि हो, यस्ता कुरा आएका छन् तर यसको पुष्टी नभई हामीले केही भन्न मिल्दैन ।’

उनले थपे– ‘अहिलेसम्म हामीले उठाएका कुराहरु सबै ठीक छन्, जसमा मिडियाले पनि साथ दियो । यस विषयमा पनि कुरा के हो भन्ने तपाईंहरुले खोजी हाल्नु हुन्छ ।’ न्यायालय र केसीका बीच जे–जस्तो झगडा देखिए पनि सामाजिक सञ्जालमा उनकै नैतिकतालाई लिएर प्रश्न उठाइएको छ। अब केसीले के गर्लान् यो विषयमा उनको धारणा आउन बाँकी रहेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।