प्रदेश मन्त्रीहरुलाई केन्द्रले पठायो २५ देखि ३५ बर्षको थोत्रा गाडी

हेटौंडा । प्रदेशका सरकारका लागि बेलेरो गाडी हेटौंडा पुगेको छ । प्रदेश सरकार बनेपछि केन्द्रको निर्देशनमा विभिन्न जिल्लामा १६ वटा गाडी हेटौंडा आइपुगेका छन् ।

मन्त्रालय तथा क्षेत्रीय कार्यालयहरुले आफूले प्रयोग गर्दै आएको गाडी प्रदेश सरकारलाई दिन मानेको छैन । बरु, जिल्ला(जिल्लालाई प्रदेश राजधानीमा पठाउन भनेको छ । सिन्धुलीबाट पठाइएको बा १ झ ६१०५ नम्बर गाडीको न स्टेरिङ चल्छ, न तीन नम्वर गियर ।

दोलखाबाट आएको टोयोटा गाडीको पनि त्यस्तै छ । प्रदेश सरकारका लागि आएका अधिकांश गाडी निकै पुराना भएका कारण चढेर हिड्न गाह्रो भएको छ ।

धेरै गाडी २५ देखि ३५ बर्ष पुराना रहेको मुख्यमन्त्री कार्यालयका सचिव रमेश सिवाकोटीले जानाकारी दिए । उनले भने, सिन्धुलीबाट आएको बोलेरो र दोलखाबाट आएको टोयोटा गाडी फर्काउँदैछौं ।’ १६ मध्ये मर्मतसम्भार गरेर चलाउन सकिने ८ वटा गाडी सभामुख, उपसभुख, मन्त्री र सचिवलाई दिइएको छ । न्यूज२४ नेपाल ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।