माओवादी केन्द्रभित्रै गृह मन्त्रालय पाउन भिडन्त ! यी हुन् तीन आकांक्षी…

काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रले पार्टी एकताको औपचारिक निर्णयसँगै सरकार विस्तारको तयारीमा जुटिरहेको समयमा मन्त्री छनोट गर्न सकस परेको छ।

नयाँ सरकारमा जान आकांक्षीको संख्या बढेपछि मन्त्री छान्न दुवै दलका शीर्ष नेतृत्वलाई कठिन भएको हो । नयाँ सरकारमा मन्त्रालयको संख्या अझै टुङ्गो लाग्न सकेको छैन ।

केपी शर्मा ओली नेतृत्वको नयाँ सरकारमा माओवादी केन्द्रले गृहसहित ६ मन्त्रालय पाउने लगभग पक्का छ । सोही गृहमन्त्रालयलाई लिएर माओवादीभित्र तीन प्रभावशाली नेताले दाबी पेश गरेका छन्।

पार्टीभित्रका तीन प्रभावशाली नेताले एउटै मन्त्रालयमा दाबी गरेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दबाबमा परेका छन्।

ओली नेतृत्वको नयाँ सरकारमा माओवादी केन्द्रबाट संगठन विभाग प्रमुख रामबहादुर थापा बादलले नेतृत्व गर्ने लगभग पक्कापक्की छ। तर, सरकारको नेतृत्व गर्दै गर्दा बादलले गृहमन्त्रालयसहित सरकारमा जाने रुची देखाएका छन् ।

त्यस्तै गृह मन्त्रालयमा माओवादीभित्रका अर्का प्रभावशाली नेता जनार्दन शर्माले पनि दाबी गरेका छन् । काठमाडौंमा लोडसेडिङ अन्त्य गर्दै देशैभरि लोडसेडिङ घटाएर सफल ऊर्जामन्त्रीको वाहवाही पाएका शर्माले यसअघि गृहमन्त्रालयको समेत नेतृत्व गरिसकेका छन्।

अर्का नेता वर्षमान पुन समेत गृहमन्त्रीको आकांक्षीका रुपमा अगाडि आएका छन् । पार्टी अध्यक्ष प्रचण्ड निकट नेता पुनले नयाँ सरकारमा गृह मन्त्रालय पाए जाने बताउँदै आएका छन्। माओवादीकै अर्का नेता कृण्णबहादुर महराले समेत उनलाई समर्थन गरेका छन् ।

पुनले सभामुखमा ओनसरी घर्तीलाई निरन्तरता दिने शर्तमा नयाँ सरकारमा दाबी नगर्ने बताउँदै आएको माओवादीकै एक नेताले बताए । न्यूज24 ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।