क्रिकेट खेलाडीलाई जनही रु तीन लाखको चेक हस्तान्तरण

काठमाडौँ, ११ फागुन । नामिबियामा सम्पन्न आइसिसी विश्व लिग क्रिकेट डिभिजन दुईमा उपविजेता बनेको नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले आज सम्मान गर्नुभएको छ ।

युवा तथा खेलकुद मन्त्रयालयद्वारा प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित सम्मान तथा बिदाइ कार्यक्रममा सरकारको पूर्वघोषित कार्यक्रमअनुसार उहाँले राष्ट्रिय क्रिकेट टोलीका प्रत्येक सदस्यलाई सम्मान स्वरुप जनही रु तीन लाखको चेक हस्तान्तरण गर्नुभयो ।

प्रधानमन्त्री ओलीले यस किसिमको सम्मानले खेलाडीमा अगाडि बढ्न थप हौसला प्राप्त हुने उल्लेख गर्दै क्रिकेट खेलको विकासको लागि सक्दो पहल गर्ने बताउनुभयो । उहाँले देशमा अब दिगो सरकार भएकाले खेलको उन्नति र प्रगतिमा विशेष ध्यान दिनुका साथै खेल क्षेत्रको माध्यबाट अन्तराष्ट्रिय पारस्परिक सम्बन्धलाई प्रगाढ बनाउने विचार व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री ओलीले हाम्रो देश प्राकृतिक सम्पदाले भरिपूर्ण रहेको भन्दै आगामी योजना आर्थिक उत्पादनमा विशेष ध्यान दिने बताउनुभयो । जिम्बाबेमा यही फागुन २० गतेदेखि आयोजना हुने विश्वकप छनोट क्रिकेट प्रतियोगितामा सहभागिता जनाउन जाने नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्री ओलीले सफलताको शुभकामना दिँदै बिदाइ गर्नुभयो । नेपाली टोली शनिबार राति त्यसतर्फ प्रस्थान गर्नेछ ।

कार्यक्रममा मदन भण्डारी स्पोर्टस एकेडीमीले पनि क्रिकेट टोलीका प्रत्येक सदस्यलाई जनही रु एक लाख प्रदान ग¥यो । एकेडेमीका अध्यक्ष विनोद श्रेष्ठले क्रिकेट खेलको विकासको लागि क्रिकेट विकास वोर्डको आवश्यक्ता रहेको विचार व्यक्त गर्नुभयो ।

त्यस्तै युवा तथा खेलकुद मन्त्रालयका सचिव महेशप्रसाद दहालले खेल क्षेत्रको विकासको लागि विभिन्न स्थानमा रंगशाला निर्माण कार्य जारी रहेको भन्दै टुरिजम स्पोर्टसलाई अगाडि बढाउन मन्त्रालय लागि परेको बताउनुभयो ।

राष्ट्रिय क्रिकेट टोलीका कप्तान खड्काले नेपालको नाम उच्च राख्न आफ्नो टोलीले सक्दो प्रयास गर्ने भन्दै क्रिकेट खेलको विकासका लागि प्रधानमन्त्री ओलीको कार्यकालमा थप सहयोग हुनुका साथै क्रिकेट र फुटबलको रंगशाला निर्माण हुने अपेक्षसमेत व्यक्त गर्नुभयो ।

कार्यक्रममा खेलाडीले प्रधानमन्त्री ओलीलाई जन्मदिनको शुभकामना प्रदान गरेका थिए । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।