५ जिल्ला सहित धनकुटामा ७ औं पटक हात्तिपाईलेको औषधी खुवाईदै

धनकुटा खबर । पूर्वका साबिक ९ जिल्ला मध्ये ५ जिल्लामा आजबाट हात्तिपाईले रोग बिरुद्धको निःशुल्क औषधी बितरण कार्यक्रम शुरु गरिएको छ ।

धनकुटा लगाएत ईलाम,पाँचथर,भोजपुर र तेह्रथुममा ५ गते शनिबार देखि ७ गते सोमबार सम्म र बाँकीका झापा,मोरङ,सुनसरी र उदयपुरमा १७ गते देखि औषधी बितरण गरिने क्षेत्रीय स्वास्त्य कार्यालय धनकुटाले जानकारी दिएको छ ।

यसै क्रममा यो बर्षको धनकुटामा पनि ७ औ पटक ४ सय ८० वटा स्वास्थ्य केन्द्रबाट १ सय ९८ स्वास्थ्यकर्मी परिचालन गरेर एकैसाथ औषधी खुवाउन शुरु गरिएको धनकुटा अस्पतालका डाक्टर फडिन्द्र बरालले जानकारी दिनुभयो ।

बिश्वका ७० देशका १२ करोड जनसंख्या प्रभावित भएको यो रोगबाट सन् २०२० सम्ममा नेपालबाट उन्मूलन गर्ने नेपाल सरकारको लक्ष रहेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।