‘प्रहरीनै भ्रष्ट भए त्यसको फाईदा अपराधीले उठाउँछन्, तपाईँहरूले खबर गर्नुस म काम गर्छु’ : एसएसपी पोखरेल

‘तपाईँको एरियामा कुनै प्रहरीले घुस खादै गरेको छ, अथवा डिउटीको कर्तव्य निभाएको छैन भने सिधै मलाई फोन गर्नुहोस्, त्यसको ५ मिनेट भित्र त्यस्ता प्रहरीको बर्दी उत्रिनेछ,’ काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्व पोखरेलले घुस खाने प्रहरी विरुद्धमा उजुरी गर्न नागरिकलाई आग्रह गरेका छन्। आर्थिक लालसमा फसेका प्रहरी कर्मचारीकै कारण काठमाडौंको शान्ति सुरक्षामा प्रतिकुल असर परेको पोखरेललको भनाई छ।

‘आर्थिक लोभमा फसेका कर्मचारीकै कारण अपराधिको मनोबल बढाएको छ। त्यसैले शान्ति सुरक्षा कायम गर्न पहिलो प्रहरी चोखो बस्नुपर्छ अनिमात्र अरूतिर औला तेर्स्याउन सकिन्छ,’ उनले भने, ‘प्रहरीनै भष्ट भए त्यसको फाईदा अपराधीले उठाउँछन्, तपाईँहरूले खबर गर्नुस म काम गर्छु।’

घुस खाने प्रहरी र टोल छिमेकमा भएका अपराधिक गतिविधि बारे आफुलाई खबर गर्न भन्दै एसएसपी पोखरेलले ९८५१२-०५५५५ नम्बर सार्वजनिक गरेका हुन्।

‘यो नम्बरमा सम्पर्क गर्नुहोला, तपाईँको नाम गोप्य राखिनेछ, २४ घण्टा फोन खुला हुनेछ, तपाईँको एक कलले प्रहरीलाई सुधार्ने मौका मिल्नेछ भने अपराधिलाई कानुनी कठघरमा ल्याउन सकिनेछ,’ उनले भने।

होटल रेष्टुरेन्टको पैसा खाएको भन्ने गुनासो बढीनै आउने गरेको पोखरेलको दाबी छ।

‘डिउटीमा बसेका प्रहरीले होटल तथा रेष्टुरेण्टबाट पैसा खाएको भन्ने गुनासो धेरै सुनेको छ, अब त्यस्तो काम बन्द गर्नुहोस्,’ उनले भने, ‘कानुन अनुसार तपाईँले गर्नु भएको ब्यवसायमा प्रहरीले धावा बोल्यो भने, उजुरी गर्नु कसैले पैसा मागे खबर गर्नु तपाईँको परिचय गोप्य हुनेछ। तर प्रहरीलाई प्रभाव पारी काम गर्न खोज्नुभयो भने घुस खाने प्रहरी होइन तपाईँहरूलाई पनि छुट हुने छैन।’

प्रहरीले घुस मागेको थाहा भएमा आफूलाई जानकारी दिए तीनीहरूलाई कैदी बनाउने उनले दाबी गरे।

‘अपराध नियन्त्रणमा सहज होस भन्दै सूचना संकलनका लागि खटिएका सादा पोशाकका प्रहरीले घुस मागेमा मलाई भन्नुहोला, त्यस्ता प्रहरीलाई कैदी बनाउने काम म गर्नेछु,’ उनले अगाडि भने, ‘प्रहरीलाई लोभ्याउने काम कसैले पनि नगर्नू प्रहरीलाई राज्यले तलब भत्ताको ब्यवस्था गरेको छ, सहयोग नै गर्ने मन छ भने, सार्वजनिक रुपमा घोषणा गरी सिस्टममै रहेर सहयोग गर्नुहोला।’

उनले शहरका भित्री गल्लीमा गाडी जान नसक्ने भएकाले क्यूआरटी (क्विक रेस्पन्स टीम) खटाएका भन्दै उनले यदि त्यो टिमले कतै पैसा मागे र कसैलाई दुःख दिएमा आफूलाई बखर गर्न उनले अनुरोध गरेका छन्।- सेतोपाटीबाट



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।