प्रचण्डले खुलाए यस्तो डरलाग्दो तथ्य- दरबार हत्याकाण्ड जस्तै रक्तपात हुने संकेत

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालमा फेरि रक्तपात गराउने कोशिश भइरहेको बताएका छन् ।

रामराज रेग्मीद्वारा लिखित ‘नेपालको इतिहास( एक मार्क्सवादी दुष्टिकोण’ पुस्तक विमोचन कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै प्रचण्डले नेपालमा वाम गठबन्धनले बहुमत ल्याएसँगै ठुला हत्याकाण्डको षड्यन्त्र भइरहेको बताएका हुन् ।

‘जनताको तागतले पराजित भए पनि देशका प्रतिक्रियावादीहरुले अन्तिम लडाइँ लड्न कोशिश गरिरहेका छन् । राणाकालको उदय या राजनीतिक परिवर्तनका क्रममा यस्ता घटना भएका छन्’, दाहालले भने, ‘वाम गठबन्धनले नेपालमा ६० प्रतिशत भन्दा धेरै मत ल्याएपछि प्रतिक्रियावादीबाट अन्तिम लडाइँका लागि दरबार हत्याकाण्ड र मदन भण्डारीको हत्या जस्तै हत्यासम्म हुन सक्छन् ।’

वाम गठबन्धन र पार्टी एकताको कुराले देशमा ठुलो तरङ्ग पैदा गरेको बताउँदै दाहालले यो देशका लागि सबैभन्दा भन्दा सकारात्मक र ठुलो कुरा भएको पनि जिकिर गरे । ‘यस्तो बेलामा अनौठा समीकरण देखिन सक्छन् । संघर्षमा जनताको श्रमजीवीको जीत हुने अवस्था, समृद्धि र विकासतर्फ देश गयो भने अर्को कित्तालाई असह्य हुन सक्छ’, दाहालले थप खुलाए, ‘नेपालको इतिहास हेर्दा त्यस्ता बिन्दु आउँछन् र आएका छन् । माक्र्सवादी आन्दोलनका विचलन कहाँ छन् भनेर अर्को पक्षले लडाइँ लड्न खोज्छ । यो विषयमा गम्भीर र सकारमात्मक तथा रचानात्मकरुपमा सोच्न आग्रह गर्दछु ।’

वाम गठबन्धनले ६० प्रतिशत मत ल्याएपछि यसलाई रोक्ने र भत्काउने विकल्प राजा महाराजाहरुले खोजिरहेको पनि उनको जिकिर थियो । ‘राजा महाराजा तथा अलौकिक देवत्व प्राप्त गरेका व्यक्तिहरु यो गठबन्धन भत्काउन लागेका छन्’, दाहालले भने, ‘यसतर्फ हामी चनाखो हुनु जरुरी भइसकेको छ ।’

https://youtu.be/o1gTXUn9Ap0



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।