‘प्रधानमन्त्री बनिसकेको व्यक्ति राष्ट्रपति बन्न नपाउने’- राष्ट्रपतिमा खनाललाई बाटो छेक्न नयाँ मापदण्ड !

काठमाण्डौ, फागुन १३ । नेकपा एमालेमा राष्ट्रपति कसलाई बनाउने भन्नेमा सहमति हुन सकेको छैन ।

माओवादीसँगको पद बाँडफाँटमा राष्ट्रपति एमालेको भागमा परेको छ । तर कसलाई बनाउने भन्नेमा सहमति हुन नसकेको हो ।

एमाले अध्यक्ष केपी ओली पक्षले हालकै राष्ट्रपति विद्यादेवी भण्डारीलाई दोहोर्याउनुपर्नेमा जोड दिएको छ भने पूर्व अध्यक्ष झलनाथ खनाल आफैँ राष्ट्रपति बन्न चाहेका छन् ।

अर्का पूर्व अध्यक्ष माधवकुमार नेपालले पनि खनाललाई बनाउन पाए हुन्थ्यो भन्ने आशय व्यक्त गरेको छ । तर ओली पक्षले खनाललाई राष्ट्रपति बन्नबाट रोक्नका लागि नयाँ मापदण्डको कुरा अघि सारेको छ ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै एमालेका उपमहासचिव विष्णु पौडेलले प्रधानमन्त्री बनिसकेको व्यक्ति राष्ट्रपति बन्न उचित नहुने तर्क अघि सारेका छन् ।

“कार्यकारी प्रमुख भइसकेका व्यक्तिले राष्ट्रपति बन्न मिल्दैन, हुँदैन । प्रधानमन्त्री भइसकेका व्यक्तिहरुले राष्ट्रपति बन्ने चाहना राख्नु उचित हुँदैन ।” पौडेलले भने ।

कार्यकारी प्रधानमन्त्री भइसकको व्यक्ति राष्ट्रपति बन्दा संवैधानिक दायरामा नबस्ने सम्भावना बढि हुने पौडेलको तर्क छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।