सात कक्षाकी छात्राको पछि लाग्थे ११ कक्षाका किशोर, स्कुलले वास्ता नगर्दा भयो यस्तो हाल

एक निजी स्कुलमा ७ कक्षामा पढ्ने छात्रा शुक्रबार स्कुलबाट फर्किएपछि अचानक बिरामी भइन् ।

परिवारले उनलाई तत्काल अस्पताल लिएर गए । उपचारको क्रममा राती १० बजे उनको मृत्यु भयो । डाक्टरका अनुसार उनको मृत्यु कुनै विषालु पदार्थको सेवनका कारण भएको हो ।

१४ वर्षकी श्रेया नामकी ती छात्राको स्कुलमा शुक्रबार अतिरिक्त क्रियाकलाप अन्तर्गतको कार्यक्रम थियो । कार्यक्रममा सहभागी भएर साँझ उनी घर फर्किएकी थिइन् । ती छात्राले वाराणसीको केभीएन पब्लिक स्कुलमा पढ्थिन् । प्रहरीले शव पोष्टमार्टमको लागि पठाएको छ ।

ती छात्राका परिवारका अनुसार सोही स्कुलमा ११ कक्षामा पढ्ने एक छात्रले श्रेयालाई सताइरहन्थे । ती छात्रको क्रियाकलापबाट आजित भएर परिवारले ७ महिनाअघि स्कुलमा यसबारे गुनासो पनि गरेका थिए । तर स्कुलले कुनै कारवाही नगरेको परिवारले बताएका छन् ।

यसपछि ती छात्रको हौसला बढ्यो र उनले लगातार श्रेयालाई सताउन थाले । यही कारण श्रेयाले विष पिएको परिवारले आरोप लगाएका छन् । डिसी नेपाल



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।