संसदमा रहेका विधेयकको अवस्था के हुन्छ ?, यस्ता छन संघीय संसदका चुनौती ! – भिडियो सहित

काठमाडौं, फागुन १४ । संघीय संसदको बैठक नजिकिंदै गर्दा अब उसले गर्ने काम के हुन् भन्ने जिज्ञासाहरु पनि आउन थालेका छन् ।

संसदको चालू अधिवेशनले राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुखको चयन त गर्ने छ नै एक सयभन्दा बढी कानुन बनाउनुपर्ने अवस्था पनि छ ।

संसदको प्रमुख काम भनेकै संविधानले व्यवस्था गरेका र सरकारले आवश्यक ठानेका कानुनको निर्माण गर्नु हो ।

अपवाद बाहेक नियमित प्रक्रियामा सरकारी र संसदीय चरणहरु पार गर्दै एउटा विधेयकको मस्यौदा कानुन बन्न कम्तिमा चार पाँच महिना लाग्छ ।

२०७२ असोजमा संविधान जारी भएपछि संविधान अनुसार १ सय १० भन्दा बढी नयाँ कानुन बनाउनुपर्ने र संशोधन मार्फत पुराना कानुनलाई अद्यावधिक गराउनुपर्ने अवस्था छ ।

त्यस मध्ये संविधान जारी भएपछिको व्यवस्थापिका संसदले केही कानुन बनाएको छ भने थुप्रै कानुन अद्यावधिक गर्न र नयाँ बनाउन बाँकी छ । फागुन २१ गतेदेखि बस्ने संसद् बैठकको मुख्य काम नै यी कानुन निमार्ण गर्नु हो ।

संसदीय अभ्यासमा संसदको एक अधिवेशनबाट अर्को अधिवेशनमा जाँदा सरकारले संसद सचिवालयामा पेश गरेका विधेयक स्वतः हस्तान्तरण भएर जाने भए पनि नयाँ संसद आएपछि सचिवालयमा रहेका विधेयकहरु स्वतः निस्कृय हुने गर्दछन् । यसको अर्थ संसद अहिले विजनेश बिहीन अवस्थामा छ ।

व्यवस्थापिका संसद्को अवधिमा ८७ वटा कानुन निर्माण गरेको थियो । नयाँ संविधान कार्यान्वनका लागि केन्द्रीय संसद्ले १ सय १०, प्रदेशसभाले २२ र स्थातीय तहले ६ वटा कानुन बनाउनुपर्ने अवस्था छ ।

जस मध्य केही नयाँ छन् भने अधिकांश पुराना अद्यावधिक गरिएका छन् ।

संसद्को समय सकिँदासम्म संसद्मा अदालतको अवहेलना, यातना, संविधान संशोधन, राष्ट्रियसभा गठन, चिकित्सा शिक्षालगायतका १६ वटा विधेयक विचाराधीन अवस्थामा थिए ।

तीमध्ये चिकित्सा शिक्षा र राष्ट्रियसभा गठनसम्बन्धी कानुन अध्यादेशबाट आएका छन् । अध्यादेशबाट ल्याइएका कानुनलाई भने संसद सुरु भए लगत्तै संसद्मा पेश गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

२१ गतेपछि बस्ने बैठकमा तत्काल यी दुई वटा अध्यादेशलाई सरकारले पेश गर्नुपर्ने हुन्छ ।

कानुनको अभावमा नयाँ संविधानको भावनाअनुसार शासन सञ्चालन हुन सकिरहेको छैन र जनताले पनि नयाँपनको अनुभूति गर्न पाएका छैनन् । तसर्थ जनताबाट चुनिएर आएका प्रतिनिधिले सानातिना अलमलमा नपरी कानुन निमार्णमा आफूलाई सकृययातापूर्वक उर्तान आवश्यक छ । हेर्नुहोस् भिडियो

– सरोज अधिकारी/ ईमेज



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।