५ विकेटले नेपाल विजयी : नेपाली क्रिकेट टीमलाई हार्दिक बधाई

काठमाडौं, फागुन १५ – विश्वकप क्रिकेटको छनोट खेल्न जिम्बाबे पुगेको नेपालले पहिलो अभ्यास खेलमा युएईलाई ५ विकेटले जितेको छ ।

१ सय ७२ रनको लक्ष्य सहित जवाफी ब्याटिङमा उत्रेको नेपालको ओभरमा विकेट गुमाउँदै रन बनाएको हो । नेपालका लागि विष्फोटक ब्याटिङ गरेका दिपेन्द्रसिंह ऐरीले ४१ रन, पारस खडका २८, अनिलकुमार शाह ११, ज्ञानेन्द्र मल्लले १२, दिलिप नाथ ४ रन बनाए । नट अाउट रहेका शरद भेषावकरले ४१ र अारिफ शेखले २३ रन बनाए ।

बलिङ तर्फ नेपालका ललित भण्डारीले सर्वाधिक चार विकेट लिए । त्यस्तै करण केसीले ३, ललित राजवंशीले २ र पारस खड्काले १ विकेट लिए । नामिबियामा भएको विश्व क्रिकेट लिग डिभिजन टूमा बिजेता बनेको युएई र दोश्रो भएको नेपाल विश्वकपको छनौट खेल्न जिम्बाबे पुगेका हुन् । दुई हप्ताको फरकमा नेपालल युएई तेस्रो पटक खेलिरहेका हुन् ।

नामिवयामा भएको डिभिजन २ मा नेपालले समूह चरणमा युएईलाई ६ विकेटले हराए पनि फाइनलमा ७ रनले हारेको थियो । जिम्बाबेमा २० गतेदेखि हुने विश्वकप छनोट प्रतियोगितामा नेपाल सहित १० देश सहभागी छन । जसमा उत्कृष्ट हुने २ टिमले विश्वकप खेल्न पाउने छन् ।

नेपाल अफगानिस्तान, जिम्बाबे, हङकङ र स्कटल्याण्डसँगै समुह बीमा छ । नेपालले पहिलो खेल २० गते घरेलु टोली जिम्बावेसँग, दोस्रो खेल २४ गते स्कटल्याण्डसँग, तेस्रो खेल २६ गते अफगानिस्तानसँग र लिग चरणको अन्तिम खेल २८ गते हङकङसँग खेल्नेछ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।