मालपोतको कुर्सी देखि ढड्डा सच्याउने सबै दलालै दलाल, यसरी दु:ख दिन्छन् लाइसेन्सको नेपालीकरणमा ! (सिधाकुरा भिडियो सहित)

काम चोर, ढीला सुस्ती गर्ने कर्मचारीको मुटुमा ढ्याङग्रो ठोकिएको छ

सरकारले मन्त्रीमण्डल विस्तार गरेको छ । यो सरकारमा रहेका केही मन्त्रीहरु बारे चर्चा गर्न चाहन्छौ । पहिलो लालबाबु पण्डित, दोस्रो मातृका यादव र तेस्रो डा युवराज खतिवडा । मन्त्री लाल बाबु पण्डितबाट सुरु गर्न चाहन्छु । डिभि पिआर धारी सरकारी कर्मचारीलाई जागिर छोड्न बाध्य पार्ने मन्त्री लालबाबु पण्डितको आगमन सँगै काम चोर, ढीला सुस्ती गर्ने कर्मचारीको मुटुमा ढ्याङग्रो ठोकिएको छ ।

मन्त्री बन्ने बित्तिकै लालबाबु पण्डीतले दिनुभएको निर्देशन र प्रतिवद्धतालाई मन खोलेर प्रशंसा गर्न चाहन्छु । असल मन्त्री भए भने जनतामा सकरात्मक भावना आउँछ ।

कर्तव्य निष्ठा, इमान्दार कर्मचारीको मनोबल बढेर जान्छ । खरो स्वभाव र दरो प्रतिवद्धता भएका लालबाबु पण्डितलाई छक्काएर, ढिला सुस्ती, कामचोरी, हेलचक्रयाई, घुस खोरी गर्ने आँट हत्तपत्त कसैलाई आउने छैन ।

कडा स्वभावमा, ठुलो आवाजमा आँखामा आँखा जुधाएर खबरदार भन्न सक्ने मन्त्री हुन् लालबाबु पण्डित । विचौलीया, माफियाहरुलाई यिनले ठाउँको ठाँउ कारबाही गरेको हेर्न र सून्न कत्ति पनि समय कुर्नु पर्दैन होला । थप भिडियोमा हेर्नुहोस् …

मालपोतको कुर्सी देखि ढड्डा सच्याउने सबै दलालै दलाल, यसरी दुख दिन्छन् लाइसेन्सको नेपालीकरणमा ! – हेर्नुहोस् सिधाकुरा जनतासँग 



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।