सात दिनभित्र ‘विप्लव’लाई पक्राउ गर्न भन्दै प्रहरीले काट्यो पत्र, घरमै पक्राउ पुर्जी टाँसीयो, अब के हुन्छ ?

काठमाडौँ । नेत्र विक्रम चन्द ‘विप्लव’लाई पक्राउ गर्ने गरी सरकारले तयारी थालेको छ ।

यसैबीच नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवलाई प्रहरीले पक्राउ पुर्जी टाँस गरेको छ । जिल्ला प्रहरी कार्यालय कपिलबस्तुले माघ ५ गते वडा प्रहरी कार्यालय चन्द्रौटालाई पत्र काटेर पक्राउ गर्न भनेको छ ।

प्रहरी निरीक्षक केशवराज ज्ञवालीले हस्ताक्षर गरेको पत्रमा विप्लवलाई पक्राउ गरेर भोजपुर जिल्ला अदालत पठाउन भनिएको छ ।

विप्लवलाई ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थ मुद्दाको कसूरमा गिरफ्तार गर्न भनिएको छ । पत्रमा सात दिनभित्र पक्राउ गर्न नसकिए वारेण्ट बदर नभएसम्म खोजतलास गरी पक्राउ गर्न भनिएको छ ।

प्राप्त जानकारी अनुसार भोजपुर जिल्ला अदालतको पुस ९ गते चलानी नम्बर ६४३ पत्रअनुसार विप्लवलाई सात दिनभित्र पक्राउ गर्ने पत्रमा भनिएको छ । भोजपुर जिल्ला अदालतले ७० दिने म्याद दिएर पक्राउ गरेर बुझाउन प्रहरीलाई अादेश दिएको थियो । उक्त म्याद सकिएको छ ।

नेपका महासचिव विप्लवका दाइ चन्द्रबहादुर चन्दको कपिलबस्तु शिवराज नगरपालिका वडा नम्बर ९ स्थित घरमा वारेन्ट जारी गरेको पुर्जी टाँस गरेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।