घुसखोरी, नातावाद, कृपावाद अब मुलुकमा चल्दैन ! साँच्चै हो गृहमन्त्री ज्यु ? – गृहमन्त्री बादललाई रवीको सिधाकुरा – भिडियो सहित

नवनियुक्त गृहमन्त्री रामबहादुर थापा (बादल)ले मन्त्री बनिसकेपछि एउटा अभिव्यक्ति दिनुभयो । घुसखोरी, नातावाद, कृपावाद अब यो मुलुकमा चल्दैन । देशका गृहमन्त्रीले भन्नु भएको कुरा फेरि रिपिट गर्छु घुसखोरी, नातावाद, कृपावाद अब मुलुकमा चल्दैन । साँच्चै हो गृहमन्त्री ज्यु ?

तपाई गृहमन्त्री भएपछि मुलुक त्यस्तै हुन्छ त ? अब चल्दैन भनेको पहिला चल्थ्यो भनेर स्वीकार गर्न हो । यो कुरा संवेदनशील छ, तपाईले यसै भन्नका लागि भ्याट्ट भनिदिनुभएको हो भने बेग्लै कुरा तर जे भन्नु भएको छ त्यसको जीम्मेवारी लिनु हुन्छ र भनेको कुरा पुरा गर्नु हुन्छ भने वाह, गजब्ब भयो ।

नेपालको समस्या भनेकै घुस खोरी, नातावाद र कृपावाद हो । तपाइले त एक सटमा देशको सबैभन्दा ठुलो समस्या नै समाधान गर्ने कुराको उद्घोष गर्नुभयो । भनेको कुरा पुरा गर्ने राजनीतिज्ञहरुको बानी छैन ।

बोल्यो सकियो । न बोलेको के हो थाहा हुन्छ, न बोलेको कुरा जीम्मेवारी लिनु पर्छ न त बोले पछि जसरी पनि पुरा गर्नुपर्छ भन्ने चेत राजनीतिज्ञमा देखिएको छ । तपाईले पनि त्यतिकै भनिदिनु भएको हो भने अर्कै कुरा तर पुरा गर्नका लागि भन्नु भएको हो भने केही संकेत दिनुहोस् गृहमन्त्री ज्यु ।

गृहमन्त्रालयको रेकर्डमा कति जना भ्रष्टाचारीको नाम लिष्ट छ मगाउनुहोला । त्यस मध्ये एक जनालाई २४ घण्टा भित्र समातेर मुद्धा चलाउनु भएको भए हामी सर्वसाधारणलाई क्या मज्जा आउँथ्यो ।

तपाईलाई सेलुट गर्दै हामी भन्थ्यौ वा मुलुकले क्या गृह मन्त्री पायो । गृहमन्त्रालयमा भ्रष्टहरुको रेर्कड र इन्टेलीजेन्सले बुझाएको फाइल नै नभएको त पक्कै होइन होला ।
गृहमन्त्री ज्यु बोलेपछि त गर्नै पर्छ है । तपाईले बोलेको ३÷४ दिन भैसक्यो हामी अझै ३÷४ दिन, ३÷४ हप्ता र उस्तै परे ३÷४ महिना कुर्न तयार छांै ।

तर ठुला भ्रष्टाचारी समातिएको न्युज प्रसारण गर्न र तपाईलाई सलाम ठोक्न तयार छौं । हुन त तपाई गृह मन्त्री बनेको २४ घण्टा नबित्दै केही ठाँउमा घुस लिदै गर्दा कर्मचारी समातिए ।

त्यही २÷४ जना साना कर्मचारी समातेर देशको घुसखोरी नियन्त्रण गर्न खोज्नु भएको भए भैगो तपाईबाट आशा नगराँै । त्यो त हामी नै गरीरहेका छांै ।
तर साँच्चै नै काम गरेर देखाउनका लागि नै भन्नुभएको हो भने केही नामुद घुसियाहरुको नामावलि हामीसँग पनि छ ।

ती घुसखोरीहरु यही मुलुकमा छन् । यहि देशमै तिनको हालीमुहाली छ । तपाईले भनेको विश्वास गर्न हामीलाई कुनै आपत्ती भएन तर ति देशका धमिराहरु जो खुलमखुल्ला हिडिरहेका छन्, तिनको हाली मुहाली अझै कायम हुने हो भने त तपाइको भनाई बेकारको हुन्छ ।

रिपिट गर्न चाहन्छु, तपाई माननिय श्री राम बहादुर थापा (बादल)ले देशको गृहमन्त्री भएपछि भन्नु भएको छ, घुसखोरी, नातावाद, कृपाबाद अब मुलुकमा चल्दैन ।
घुसखोरीहरुले देशका मन्त्रीहरु पनि किनेका छन् भन्ने गाइगुँई हामीले सुनेका छौ, तपाईले नसुन्ने त कुरै भएन । यदि आफ्नो कार्यकालमा एउटा पनि ठुलो घुसखोरीलाई समातेर जेल कोच्नु भएन भने हामीले के बुझ्ने ?

भ्रष्ट्राचारीहरुले चुसेर रंग उडेको यो मुलुकले रंगहरुको चाङ फागु, होली उल्लासका साथ मनाएको छ । २÷४ ठुला भ्रष्ट्राचारीलाई समातेको दिन फागु पुर्णिमा नै नआईकन होली मनाउन मन छ । ह्याप्पी होली गृह मन्त्री ज्यु ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।