सन्दिप लामिछानेले क्रिस गेलसँग सीपीएल खेल्ने

काठमाडौं, फागुन १८ । सन्दिप लामिछाने आफ्नो शानदार क्रिकेट करिअर जारी राख्दै आईपीएलपछि क्यारेवियन प्रिमियर लिग (सीपीएल) क्रिकेट खेल्ने पहिलो नेपाली खेलाडी बनेका छन् ।

१७ वर्षीय किशोर लेग स्पिनरलाई यसअघि इण्डियन प्रिमियर लिगको फ्रेन्चाइजी टोली दिल्ली डेयरडेभिल्सले अनुबन्ध गरेको थियो । बिहीबार राति इंग्ल्याण्डमा भएको अक्सनमा सन्दिपलाई सेन्ट किट्स एण्ड नेभिस प्याट्रियट्सले ५ हजार डलरमा खरिद गरेको हो ।

दुई साताअघि नामिवियामा सम्पन्न आईसीसी विश्व क्रिकेट लिग डिभिजन टूमा उत्कृष्ट प्रदर्शन गर्दै म्यान अफ द सिरिज हुनु र आईपीएलमा छनोट हुनु सन्दिपका लागि सीपीएल अनुबन्धको मुख्य आधार बन्यो ।

सीपीएलमा सन्दिपले वेष्ट इण्डिजका विष्फोटक ब्याट्सम्यान क्रिस गेलसँग ड्रेसिङ रुम शेयर गर्नेछन् । गेलका साथै क्रिस मोरिस, बेन कटिङ स्यामुअल बद्री, मोहम्मद नाभीलगायतका खेलाडी सेन्ट किड्स एण्ड नेभिस प्याट्रियट्समा छन् ।

क्रिकेट वेष्ट इण्डिजको आयोजनामा हुने सीपीएलमा ६ फ्रेन्चाइजी टोली छन् । प्रतियोगिताको यो छैटौं संस्करण हो । अगष्ट ८ देखि सेप्टेम्बर १६ सम्म क्यारेवियन शहरमा प्रतियोगिता आयोजना हुनेछ ।

सीपीएलको अक्सन भइरहँदा सन्दिप भने नेपाली राष्ट्रिय टोलीसँगै जिम्बाबेमा छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।