प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई दिन पाकिस्तानी प्रधानमन्त्री आउँदै

पाकिस्तानका प्रधानमन्त्री शाहिद खाकान अब्बासी फागुन २१ गते नेपाल आउने भएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई दिन अब्बासी नेपाल आउन लागेको एमाले सचिव प्रदीप ज्ञवालीले जानकारी दिए।

‘उहाँ २१ गते आउने र २२ गते फर्कने कार्यक्रम छ,’ ज्ञवालीले भने।

अब्बासीको भ्रमणबारे परराष्ट्र मन्त्रालयमा भने जानकारी आइनसकेको परराष्ट्रका अधिकारीले बताए। अब्बासी भ्रमणका थप कार्यक्रमबारे खुलाइएको छैन।

फागुन ३ मा प्रधानमन्त्री नियुक्त भएका ओलीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फोनमार्फत् र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन्देशमार्फत बधाई दिएका थिए।

यसअघि कुनै देशका प्रधानमन्त्री भेटेरै बधाई दिन आएका थिएनन्। – सेतोपाटी



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।