अब २० मिनेटमै काठमाण्डौ !, नौबिसे-काठमाण्डौ सुरुङमार्ग यस्तो बन्दैछ

सितापाईला नौबिसे सुरुङमार्ग निर्माणको काम यहिबर्षदेखी शुरु हुने भएको छ । नौबिसेको सिस्नेखोला र काठमाडौंको सतुंगल नजिकको बस्नेतछाप निस्केर सितापाईलामा जोडिने सुरुङमार्ग यहि आर्थिक बर्षदेखी शुरु हुने भएको हो ।

सुरुङ निर्माणका लागी आउने पुषमा ग्लोबल टेण्डर आह्वान गर्ने तयारी सडक विभागको छ ।

सुरुङ निर्माणको डिजाईन तयार भएपछि बाँकी बिषय सल्टाउन भौतिक योजना तथा निर्माणमन्त्रीसहितको टोलीले अहिले जापानमा यहि बिषयमा छलफल गरिरहेको छ ।

१६ अर्बको लागतमा बन्ने सुरुङमार्गका लागी जापान सरकारले १५ अर्ब रुपैयाँ ऋण दिने सम्झौता भइसकेको छ । नेपाल सरकारले ५ अर्ब ९४ करोड बजेट छुट्याएको छ ।

४ बर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिएको सो मार्ग २।३५ किलोमिटर लामो हुनेछ । सुरुङमार्गमा प्रज्वलनशील पदार्थ बोकेका, मालबाहक ट्रक र मोटरसाइकल चलाउन नदिने योजना छ । मोटरसाइकललाई सुरुङ मार्ग पास गराउन विशेष गाडीको व्यवस्था गर्ने योजना बनेको छ ।

https://youtu.be/YXADCQAmEI4



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।