गल्फ मुलुकमा रोजगारीमा जाने नेपाली कामदारहरूको एकलौटी रुपमा स्वास्थ्य परीक्षण गर्दै आएको गाम्का नेपाल बन्द

काठमाडौं, १९ फागुन । गल्फ मुलुकमा रोजगारीमा जाने नेपाली कामदारहरूको स्वास्थ्य परीक्षण गर्दै आएको गाम्का नेपाल बन्द भएको छ ।

नेपाल कामदारहरूको एकलौटी रुपमा स्वास्थ्य परीक्षण गर्दै आएको गाम्का नेपालले दुःख दिएको भनेर आलोचना हुँदै आएको थियो । स्वास्थ्य परीक्षणमा गाम्का नेपालको एकाधिकार थियो ।

गल्फ कोअपरेसन काउन्सिल (जिसिसि)ले नयाँ नियम लगाएपछि गाम्का नेपाल बन्द भएको हो ।

वैदेशिक रोजगारमा जाने नेपाली कामदाहरूले अब अनलाइनबाट मेडिकलका लागि आवेदन फारम भर्नुपर्ने ब्यवस्था गरिएपछि गाम्का नेपालको एकाधिकार अन्त्य भएको छ । अब गल्फ मुलुकमा रोजगारीमा जाने कामदारहरूलाई केही सहज हुने भएको छ ।

साउदी अरब, ओमन र बहराइन जान लागेका नेपाली कामदारहरूले अबदेखि अनलाइनमा फर्म भरेर स्वास्थ्य परीक्षण गर्न सकिने गाम्का नेपालले जनाएको छ ।

जिसिसिले अनलाइनबाट स्वास्थ्य परीक्षणका लागि फारम भर्दा क्रेडिट कार्डबाट १० डलर बुझाउनुपर्ने नयाँ नियम ल्याएको छ । अनलाइनबाट आफूलाई पायक पर्ने स्वास्थ्य संस्था रोज्न सकिनेछ ।

जिसिसिमार्फत अहिले ११ वटा मेडिकल संचालनमा छन् । पायक पर्ने मेडिकल रोजिसकेपछि त्यहाँ पुगेर स्वास्थ्थ परीक्षणका लागि ५५ सय रुपैयाँ तिर्नुपर्नेछ ।

कामदारले तिरेको १० अमेरिकी डलर विदेशको खातामा जम्मा हुने भन्दै यस विषयमा राष्ट्र बैंकले अनुमति दिएको छैन् ।

– दैनिक नेपालबाट



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।