प्रहरीको खोजी सूचीमा रहेका नवराज सिलवाल कडा सुरक्षा निगरानी रहेको संसद् भवनभित्र प्रवेश गरे

काठमाडौं । प्रहरीको खोजी सूचीमा रहेका एमाले सांसद नवराज सिलवाल आज बानेश्वरस्थित संघीय संसद भवनभित्र प्रवेश गरेका छन्।

ढाका टोपी र कालो रङको कोट-पाइन्टमा रहेका उनी संसद् भवन छिरेका हुन्। प्रहरीको खोजी सूचीमा रहे पनि उनी कडा सुरक्षा निगरानी रहेको संसद् भवनभित्र प्रवेश गरेका हुन्।

आइजिपी बढुवा सम्बन्धी मुद्दामा सिलवालले पेश गरेको कार्यसम्पादन मूल्यांकन (कासमू) सम्बन्धी कागजपत्र कीर्ते रहेको भन्दै अनुसन्धान गरी कारबाही गर्न सर्वोच्च अदालतले आदेश दिएको थियो। त्यसपछि उनी फरार रहँदै आएका छन् भने प्रहरीले खोजी गरिरहेको बताएको छ। सिलवालले भने सरकारले प्रतिशोध स्वरुप आफूविरुद्ध मुद्दा चलाउन खोजेको आरोप लगाउँदै आएका छन्।

एमाले र माओवादी केन्द्रका सांसदहरुको संयुक्त बैठक केहीबेरमा संसद भवनमा बस्दैछ। उनी सोहो बैठकमा सहभागी हुन पुगेका हुन्। एकीकरण प्रक्रियामा रहेका दुवै दलको सांसदहरुको संयुक्त बैठक पहिलो पटक बस्न लागेको हो। सो दुवै दलका पार्टी अध्यक्षले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

संसदमा दुवै पार्टीबाट नयाँ अनुहारको समेत प्रतिनिधित्व रहेकाले शीर्ष नेता समेतले संसदीय अभ्यास र गतिविधिका विषयमा सांसदहरुलाई निर्देशन दिन बैठक आयोजना गरिएको हो।

निर्वाचनपछि संसदको पहिलो बैठक २१ गते बस्दैछ। त्यसअघि प्रतिनिधिसभाका सांसद्हरुको सपथ भोलि हुँदैछ। – नेपाललाइभबाट



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।