सिलवाल संसदमा छिर्दा प्रहरीमा खुसियाली, बुढानिलकण्ठमा भने सन्नाटा !

काठमाडौं, फागुन २० । लतिलपुर १ बाट निर्वाचित सांसद तथा पूर्वडिआइजी नवराज सिलवाल संघीय संसदमा छिरेपछि कांग्रेस सभापति शेरबहादुर देउवा र मुख्यसचिव लोकदर्शन रेग्मीसहित आइजीपी बढुवामा किर्ते गर्ने सबैको सातो उडेको छ ।

शनिवार बिहान १० ५५ बजे सिलवाल संघीय संसद भवन नयाँ बानेश्वर छिर्दा बुढानिलकण्ठमा रहेका देउवाको निवासमा सन्नाटा छाउनुले यस्को संकेत गरेको हो ।

‘त्यसलाई जसरी पनि फसाउनु, नत्र हामी सकिन्छौं भनेको त स्यालुट हान्दै पठाउदो पो रैछ पुलिस त, यस्तालाई पनि बिश्वास गर्दा हुन्छ’ भन्दै देउवा निकै आक्रोशित बनेको स्रोतले बतायो ।

सिलवाल फसाउन देउवासहितका समुहले संबिधान, कानून र सवै मर्यादा भुलेर नौटंकी रचेका थिए । तर जनताको मायाले ससम्मान निर्वाचन क्षेत्रमा रहेका सिलवाल कुनै गलत काम नगरेको मुहारभाव देखाउँदै संसद भवन छिरेका हुन ।

उनी छिर्दा सवै प्रहरीले खुसीका साथ सम्मान दिएका थिए भने सिलवाल निकै नम्र देखिएका थिए । जुमएनपी



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।