धनकुटा महोत्सवलाई सम्बोधन गर्दै प्रदेश नं १ का मुख्य मन्त्रि शेरधन राईले के भने ? हेर्नुहोस् भिडियो
“कृषि, पर्यटन,स्वास्थ्य, शिक्षा,स्वरोजगार, उद्योग र व्यापार,समुन्नत प्रदेश नं.१ को आर्थिक विकासको आधार” भन्ने मुल नाराका साथ धनकुटा उद्योग वाणिज्य संघ धनकुटाको आयोजना र नेपाल घरेलु तथा साना उद्योग महासंघ धनकुटाको सह आयोजनामा हुन गैरहेको महोत्सव तथा मेला तथा कृषि प्रदशर्नीको आज प्रदेशका मुख्य मन्त्री शेरधन राईले विशेष कार्यक्रमका साथ टुडीखेलमा समुद्घाटन गरेका छन । हेर्नुहोस् प्रत्यक्ष प्रसारण भिडियो
फाल्गुण २० गते देखी फाल्गुण ३० गते सम्म जिल्लामा उत्पादित घरेलु तथा साना उद्योगबाट उत्पादित बस्तु एवं कृषि उपज लगायत नेपाल ब्यापार एकिकृत रणनीतीमा रहेका वस्तुहरुको प्रचार–प्रशार तथा प्रबद्र्धन गर्ने उद्धेश्यका साथ प्रादेशीक औद्योगीक ब्यापार मेला तथा कृषि प्रद्र्धशनी एवं धनकुटा महोत्सव २०७४” को आयोजना गरिएको हो ।
महोसत्वमका १ सय ५६ वटा स्टलहरुमा समाग्रीहरु प्रर्दशनका लागी राखिनुका साथै स्थानीय तथा राष्ट्रिय स्तरका चर्चित तथा ख्याती प्राप्त कलाकारहरुको प्रस्तुती रहने र एक लाख दर्शकहरुले प्रत्यक्ष रुपमा अवलोकन गर्ने करीव ३ करोड रुपैया वरावरको आर्थिक कारोवार हुने लक्ष राखिएको आयोजकले जनाएको छ ।


