नेपालको जितका लागि आवश्यक रनरेट २० भन्दा माथि

फागुन २० । विश्वकप छनोट अन्तरगतको पहिलो खेलमा जिम्बावेले दिएको ३८१ रनको विशाल लक्ष्य पछ्याएको नेपालले ४१ ओभरको समाप्तिमा २०० रन बनाएको छ ।

नेपाललाई अब जितका लागि ९ ओभरका १८१ रन आवश्यक रहेको छ । यो लगभग असम्भव जस्तै देखिन्छ ।

४८ बलमा ६ चौका र एक छक्कासहित ५२ रन बनाएका शरद भेषावकर सिकन्दर राजाको बलमा एलबीडब्ल्यू आउट भएका हुन् । चौथो विकेटका रुपमा ज्ञानेन्द्र मल्ल ५९ बलमा ३ चौकासहित ३२ रन बनाएका मल्ललाई एजी क्रेमरले आउट गरेका हुन् ।

यसअघि तेस्रो विकेटका रुपमा २८ बलमा ३ चौकासहित २३ रन बनाएका दिपेन्द्रसिंह ऐरीलाई सिकन्दर राजाले आउट गरेका हुन् ।

यसअघि नेपालले दोस्रो विकेटका रुपमा पारस खड्कालाई गुमाएको थियो । पारसले ३७ बलमा ८ चौकासहित ४० रन बनाए । ओपनर दिलिप नाथ तेन्दाई चतराले दुई रनमै आउट गरे । उज्यालो



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।