विशाल लक्ष्य पछ्याएको नेपाल जिम्बावेसँग ११६ रनले पराजित

फागुन २० । विश्वकप क्रिकेट छनोट अन्तरगतको पहिलो खेलमा नेपाल जिम्बावेसँग ११६ रनले पराजित भएको छ ।

जिम्बावेले दिएको ३८१ रनको विशाल लक्ष्य पछ्याएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २६४ रन बनायो । नेपालका लागि शरद भेषावकरले ४८ बलमा ६ चौका र एक छक्कासहित सर्वाधिक ५२ रन बनाए । उनको यो लिस्ट ए प्रतियोगितामा छैटौँ अर्धशतक हो ।

त्यस्तै पारस खड्काले ३७ बलमा ८ चौकासहित ४० रन बनाए । उनी आज लिस्ट ए म्याचमा एक हजार रन बनाउनबाट मात्रै ९ रनले चुके । उनले लिस्ट ए प्रतियोगितामा आजको खेलमा सहित ९९१ रन बनाएका छन् ।

त्यस्तै दिपेन्द्रसिंह ऐरीले २२, ज्ञानेन्द्र मल्लले ३२ रन बनाए । रोहितकुमार पौडेलले ३२ बलमा ३० रन बनाए । त्यस्तै अारिफ शेखले ५९ बलमा ५ चौकासहित ५० रन बनाए ।

यसअघि टस जितेर नेपाललाई पहिले फिल्डिङको निम्तो दिएको जिम्बावेले निर्धारित ५० ओभरमा ४ विकेट गुमाउँदै रन बनाएको हो ।

विश्वकप क्रिकेट छनोटको पहिलो खेलमा जिम्बावेले नेपाललाई ३८१ रनको विजयी लक्ष्य दिएको थियो । यो नेपालले पाएको सबैभन्दा ठूलो विजयी लक्ष्य हो । यसभन्दा अघि सन् २०१३ मा डिभिजन ३ अन्तरगतको खेलमा नेपाललाई अमेरिकाले ६ विकेट गुमाएर ३६७ रनको टार्गेट दिएको थियो ।

नेपालका ओपनर बलर पारस खड्का र सोमपाल कामीले महंगो बलिङ गरे । पारस खड्काले ५ ओभर बलिङ गर्दै ५७ रन खर्चिए । पारसको बलिङमा जिम्बावेका ब्याट्सम्यानले ९ चौका र ३ छक्का प्रहार गरे । पारसको बलिङको इकोनोमी रेट ११.४० रह्यो । पारस खड्काले आफ्नो पहिलो ओभरमै १६ रन दिएका थिए ।

सोमपाल कामीले ८ ओभर बलिङ गर्दै ८२ रन दिए । उनले ४९ औँ ओभरको चौथो र पाँचौँ बलमा जिम्बावेका लागि विस्फोटक ब्याटिङ गरेका सिकन्दर राजा र ब्रेन्डन टेलरलाई आउट गरे ।

आजको खेलमा डेब्यू गरेका ललित राजवंशीले १० ओभर बलिङ गर्दै एक विकेट लिएर ६२ रन दिए । त्यस्तै वसन्त रेग्मीले १० ओभरमा एक ओभर मेडन राख्दै ६९ रन दिएर दुई विकेट लिए । सन्दीप लामिछानेले ९ ओभरमा एक मेडन राख्दै एक विकेट लिएर ६४ रन खर्चिए । नेपालका लागि शरद भेषावकरले ६ ओभर बलिङ गरे । उनले ६ ओभरमा मात्र ३२ रन दिए । त्यस्तै दुई ओभर बलिङ दिपेन्द्रसिंह ऐरीले ११ रन दिए । नेपालका लागि वसन्त रेग्मी तथा साेमपाल कामीले २-२ तथा सन्दीप लामिछाने र ललित राजवंशीले एक–एक विकेट लिए ।

नेपाली टोलीः पारस खड्का(कप्तान) , ज्ञानेन्द्र मल्ल, बसन्त रेग्मी, शरद भेषवाकर, सोमपाल कामी, मोहम्मद आरिफ शेख, सन्दिप लामिछाने, दिपेन्द्र सिंह ऐरी, दिलिप नाथ, रोहित कुमार पौडेल, र ललित राजवंशी

जिम्बाबे टोलीः गरेम क्रिमर (कप्तान) , टेण्डाई चटारा, क्रेग इर्भिन, केल जार्भिस, ह्यामिल्टन मासाकाट्जा, सोलोमोन मिरे, केफास झुवाओ, सिकन्दर राजा, ब्रेण्डन टेलर, ब्रायन भिटोरी, माल्कम वालर

समूह बीमा रहेको नेपालले अन्य खेलहरु फागुन २४ गते स्कटल्याण्डसँग, २६ गते अफगानिस्तानसँग र २८ गते हङकङसँग प्रतिस्पर्धा गर्नेछ । उज्ज्यालो



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।