यस्तो छ नेपाल भ्रमणमा आएका पाकिस्तानी प्रधानमन्त्री चढेको जहाज – हेर्नुहोस् भिडियो सहित

काठमाडौं । पाकिस्तानी प्रधानमन्त्री साहिद खाकन अब्बासी सोमबार अपरान्ह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिए। सार्क सम्मेलनबाहेक २४ वर्षपछि पाकिस्तानी सरकार प्रमुख नेपाल आएका हुन्।अब्बासी पाकिस्तान एयरफोर्सको विमानमा काठमाडौं आएका हुन्। उनी काठमाडौं नफर्किंदासम्म यो जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङमा रहनेछ।

कस्तो छ त उनी चढेको विमान ?

पाक प्रधानमन्त्री सवार गल्फस्ट्रिम आईभिएसपी जहाज हो। यो मोडलको जहाज निजी प्रयोजनका लागि विश्वमै लोकप्रिय मानिन्छ। व्यापारी र विशिष्ट सैन्य अधिकारीले विश्वमै यसको उपयोग गर्दै अाएका छन्।

पाकिस्तानी प्रधानमन्त्री अब्बासी चढेको गल्फस्ट्रिम आईभिएसपी ७६२ एएफ ३ जहाज २१ वर्ष पुरानो हो। जिएलएफ कोड नम्बर भएको यो जहाज अमेरिकी एयरफोर्सले समेत उपयोग गर्नेगर्छ।

आईभिएसपी ७६२ एएफ ३ मोडलको जहाजभित्र आरामदायी सिट एवं सानो डाइनिङ टेबल र चार–पाँच जनासम्म बैठक गर्न सक्नेगरी सिट बनाउन सकिन्छ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖