पाकिस्तानी प्रधानमन्त्री अब्बासीको इन्ट्रीसँगै भारतीय राजदूत पुरीले नेपाल छाडे, तनावमा दिल्ली

काठमाडौं, २२ फागुन । पाकिस्तानका प्रधानमन्त्री सहिद खकानी अब्बासी नेपाल भ्रमणमा रहेका बेला नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरीले काठमाडौं छाडेका छन् ।

भारतीय राजदूत पुरी सोमबार नयाँदिल्ली प्रस्थान गरेको उच्च स्रोतले जनाएको छ । पाकिस्तानी प्रधानमन्त्री अब्बासी काठमाडौं उत्रिएको केही समयभित्रै राजदूत पुरीले नेपाल छाडेका हुन् ।

राजदूत पुरीलाई दिल्लीबाट बोलावट आएपछि उनी दिल्ली प्रस्थान गरेका स्रोतको भनाइ छ । पुरीले नेपालको राजनीतिक परिस्थिति र पाकिस्तानी प्रधानमन्त्री अब्बासीको भ्रमण कसरी अकस्मातमा भयो भन्नेबारेमा ब्रिफिङ गर्ने स्रोतको दाबी छ ।

नेपालको कुटनीतिमा सधै हस्तक्षेप गर्दै आएको भारतको पछिल्ला रणनीतिहरू नराम्रोसँग असफल हुँदै आएको छ । पाकिस्तानी प्रधानमन्त्री अब्बासी अकस्मात सबैलाई आश्चर्यमा पार्ने गरेर नेपाल भ्रमणमा आएपछि दिल्लीलाई चित्त नबुझेको स्रोतको भनाइ छ ।

भारतीय सञ्चारमाध्यमहरूले पाकिस्तानी प्रधानमन्त्री अब्बासीको नेपाल भ्रमणलाई लिएर खराब समाचारहरू सम्प्रेषण गरिरहेका छन् ।

प्रधानमन्त्री केपी ओलीले पनि अब्बासीको स्वागत र सत्कारमा कुनै कसर बाँकी राखेका छैनन् । ओलीले अब्बासीको स्वागतमा रात्रि भोजदेखि भेटवार्ता र राजकीय सबै सम्मान दिएका छन् ।

अब्बासीको नेपाल भ्रमण र प्रधानमन्त्री ओलीबाट भएको स्वागत र सम्मानलाई भारतले रुचाएको छैन ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।