नेपालले हेर्न बाँकी भनेकै समृद्धि हो, भाषण मात्रै गरेर मुलुक समृद्द बन्दैन, भारतलाई गाली गरेर देश भक्ति देखाउने ? – हेर्नुहोस् रविको झटारो

घरै नबनाएकाको खातामा प्राधिकरणको डेढ लाख, युएई दुतावास अगाडी जनताको यो विजोग

नेपालले हेर्न बाँकी भनेकै समृद्धि हो । चुनाव सकिएर स्थायी सरकार बने लगत्तै अब यो सरकार लाई कुनै बहाना बनाउने छुट छैन ।
देशको हितलाई सर्वोपरी ठानेर काम गर्ने मन्त्रीमण्डल बाहेक अर्को विकल्प छैन । केही नीति नियमहरु यस्ता छन् जसलाई परिर्वतन नगरी विकाश निमार्ण फाष्ट ट्याक्मा जानै सक्दैन ।

पहिलो कुरा यो सार्वजनिक खरीद एैन छ जसलाई टेकेर बहाना बनाउनेले यति ढिला काम गरिदिन्छ कि कुर्दा कुर्दै कपाल फुलिसक्छ ।
सुपर डुपर फाष्ट काम नगर्ने हो भने यति पछि परिन्छ कि भनि साध्य छैन । प्रकृयाहरुमा व्यापक सुधार ल्याउन जरुरी छ ।
सिंहदरबार भित्रै भएको बाटो वारी र बाटो पारीको मन्त्रालयमा पत्र पठाउन र जवाफ कुर्न ३५ दिन लाग्ने नियम छ ।

यो वाहियात नियम आज सान्दर्भिक छैन । १ मिनेटमा अफिसियल इमेल पठाएर, एक मिनेटमै रेसपोन्स गर्ने जमानमा चिठी लेख्यो, स्ट्याम टास्यो, हुलाकमा पठायो, ३५ दिन कु¥यो । धत्त, यो कछुवाको गतिले कहिले विकास हुन्छ ।

हुन त खरायो र कछुवाको रेशमा खरायो हारेको हो कछुवाले जितेको हो । तर उहिलेका कुरा खुइले । कुनै सिमसिमे राजाको पालामा आयोजित खरायो र कछुवाको एउटा दौडको रिजल्टलाई लिएर आज सम्म पनि प्रभावित हुन ठिक छैन ।

त्यो एउटा खरायो थियो जो थाकेर सुत्यो त रेश हा¥यो । तर यदि आज खरायो र कछुवाको दौड फेरी आयोजना गर्ने हो भने म त खरायोको पक्षमा बाजी राख्छु । बरु सरकारलाई एउटा सुपरफास्ट मन्त्रालय खोल्न सुझाउन चाहन्छौ ।

योङ, इनर्जेटीक, डाइनामीक व्यक्तित्व भएको मन्त्रीको नेतृत्वमा सुपरफाष्ट गर्नुपर्ने १० ओटा योजना जिम्मा लागोस् ।

मन्त्रालयमा काम गर्नेहरुका लागि ओपन अन्तरर्वाता लिइयोस् । दिनको १८ घण्टा एउटै स्पिडमा काम गर्न सक्नेलाई सर्वाधिक तलब सबिधा दिएर राखियोस् ।

झट्ट सुन्दा यो फगत कल्पना मात्र लाग्दो होला तर मुलुकलाई समृद्ध बनाउन बकम्फुसे भाषणले केही लछार पाटो लाउदैन ।

यस्तै क्रेजी आइडिया कै खाँचो हुन्छ । अब हिड्ने मन्त्रीहरु होइन, दौडने मन्त्रीहरु चाहिन्छन् । हामीलाई थाहा छ राजनीति रेश होइन ।
तर रेश भन्दा पनि ठुलो माहा रेश हो राजनीति । जतिखेर पनि गन गन गर्ने, १००/२०० मानिस देख्नासाथ उत्साहित भएर बुरुक्क बुरुक्क उफ्रिने, इन्डीयालाई गाली गरेर देश भक्ति देखाउने, विदेशी शक्तिको चलखेल भनेर रुन्चे तर्क दिने अनि बाहिर बाहिर देश निमार्णका कुरा भित्र भित्र श्रीमतीलाई हिरा जडित सुनको चुरा दिने मन्त्रीहरु भए भने सिन्को भाँचिदैन, माखो मर्दैन ।

हिजो त्यही भारतको विहारलाई कस्तो नजरले हे¥थ्यौं हामी ? त्यो विहार भनेर नाक खुच्याउँथ्यौ । आज त्यही नाक खुम्च्याउने विहार कहाँ पुगीसक्यो ?

आज विहारकाले हामीलाई उल्टो के भन्लान् । लाज भो नेता ज्युहरु लाज भो, कछुवा होइन खरायो बनौ । छिटो गरौँ छिटो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।