माधव नेपालप्रति झलनाथको यस्तो गुनासो

काठमाडौं, २४ फागुन । नेकपा एमालेका बरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले झलनाथ खनालसँगको सहकार्य हिजोबाट अन्त्य गरेका छन् ।

राष्ट्रपति निर्वाचनकोलागि उम्मेद्धवार चयन गर्ने विषयमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको एमाले स्थायी कमिटीको बैठकमा खनालले आफू उम्मेद्धवार बन्ने ईच्छा प्रकट गरेका थिए । तर, नेता नेपालले यसबारेमा कुनै सकारात्मक पहल कदमी नै देखाएनन् । उनी बरु मौन बसिदिए ।

माधव नेपाललले आफूलाई नै सहयोग गर्ने विश्वास लिएका नेता खनाल त्यतिखेर चित खान पुगे, जतिवेला माधव नेपालले वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई नै उम्मेद्धवार बनाउने निर्णयमा समर्थन गरे ।

यसअघि नेता नेपालले एउटा गुटको नेतृत्व गरिरहेका थिए । नवौं महाधिवेशन यता अध्यक्ष केपी शर्मा ओलीलाई काउन्टर दिने गुट उनीसँग थियो । तर, अब माओवादी केन्द्रसँग एकता हुने भएपछि एकतापछिको नेतृत्व हत्याउनेगरि नेता नेपालले आफूलाई प्रस्तुत गरिरहेको एमाले निकट उच्च स्रोतले दाबी गर्यो ।

स्रोतले भन्यो,‘एकता महाधिवेशनमा ओलीको समर्थनमा अध्यक्ष बन्ने दाउमा उहाँ लाग्नुभएको छ, अहिलेको उहाँको प्रस्तुतिले त्यही पुष्टि गरिरहेको छ।’

राष्ट्रपतिमा माधव नेपालले विद्यालाई साथ दिएकोले आफू राष्ट्रपति बन्नबाट बञ्चित भएको बरिष्ठ नेता खनालले आफ्नो टिमसँग गुनासो पोखेका छन् । उनले आफू निकटका नेताहरुसँग भनेका थिए,‘माधवजीले मलाई साथ दिएको भए, म राष्ट्रपति बन्थे तर उहाँले धोका दिनुभयो।’

यता सचिव योगेश भट्टराईले विद्याको पक्षमा निर्णय गर्नुपुर्वसम्म नेता खनालले ईच्छा देखाएको तर अर्का नेता नेपालको समर्थन नपाउने भएपछि खनाल ब्याक भएको पत्रकार ऋषि धमलालाई जानकारी दिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।