नेपालको आठ विकेट गयो, क्रिजमा सन्दीप र वसन्त – हेर्नुहोस् प्रत्यक्ष प्रसारण
फागुन २४ । विश्वकप छनोट अन्तरगतको दोस्रो खेलमा स्कटल्याण्डविरुद्ध टस जितेर ब्याटिङ रोजेको नेपाललले आठौं विकेट गुमाएको छ ।
रोहितकुमार पौडेल ४० बलमा १५ रन बनाएर आठौं विकेटका रुपमा आउट भएका हुन् ।
यसअघि नेपालले सातौँ विकेटका रुपमा पारस खड्कालाई गुमाएको थियो । पारसले ७५ बलमा ६३ रन बनाएका थिए । कप्तान पारसले बाहेक नेपालका कुनै पनि ब्याट्सम्यानले राम्रो रन जोड्न सकेनन् ।
नेपालले छैटौं विकेटका रुपमा सोमपाल कामीलाई गुमाएको हो । ५४ बलमा १८ रन बनाएका सोमपाललाई रिची बेरिंगटनले आउट गरेका हुन् ।
नेपालले पाँचौ विकेटका रुपमा आरिफ शेखलाई गुमाएको हो । शेखले जम्मा दुई रन जोड्न सफल भए । उनलाई रिची बेरिंगटनको बलमा एम क्रसले क्याचआउट गराएका हुन् । त्यस्तै शरद भेषावकरलाई नेपालले चौथो विकेटका रुपमा गुमाएको थियो । उनी पनि ह्विटिंगमको नै शिकार भए । उनले अहिलेसम्म नेपालको तीन विकेट लिइसकेका छन् ।
सुरुवातमै नेपालले ओपनर ज्ञानेन्द्र मल्ललाई एक रनमा गुमाएको थियो । दोस्रो ओभरको पहिलो बलमा ज्ञानेन्द्र मल्ललार्ई गुमाएको नेपालले तेस्रो ओभरमा अर्का ओपनर दिलिप नाथलाई गुमायो । नाथले १२ बलको समाना गर्दै एउटा चौका प्रहार गरे । त्यस्तै पाँचौ ओभरको पहिलो बलमा ह्विटिंगमले नै दिपेन्द्रसिंह ऐरीलाई एलबीडब्ल्यू आउट गरे । उनी पनि एक रनमै आउट भए ।
अहिले क्रिजमा वसन्त रेग्मी र सन्दीप लामिछाने रहेका छन् । ३७ ओभरको समाप्तिमा नेपालले ८ विकेट गुमाएर ११९ रन बनाएको छ ।
https://youtu.be/1Aq1xz9qxmA


