सितारम कट्टेल ‘धुर्मुस’ले भने,- सरकारले जे जिम्मेवारी दिए पनि पूरा गर्न सक्छु

काठमाडौं, २६ फागुन । समाजसेवी तथा कलाकार सितारम कट्टेलले देश विकासका लागि आफू जस्तोसुकै भुमिका पनि निर्वाह गर्न सक्ने बताएका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै कलाकार कट्टेलले आफू काम गर्न सक्षम रहेको बताएका हुन् । आफ्नो नजरमा जे काम पनि सम्भव भएको बताउँदै कट्टेलले पछिल्लो समय आफूले गरेको कामको अनुभवले पुनः निर्माण र भौतिक पूर्वाधार निर्माणसम्बन्धी ज्ञान हासिल गरेकाले देशका लागि आवश्यक परेको खण्डमा तयार रहेको बताए ।

केपी ओली नेतृत्वको सरकारमा पुनः निर्माण मन्त्रालयको जिम्मा पाउनुभयो भने के गर्नुहुन्छ भन्ने धमलाको प्रश्नमा कट्टेलले पुनः निर्माणको मात्र नभै राष्ट्रनिर्माणको जिम्मेवारी सरकारले दिन्छ भने तयार रहेको बताए । तर आफूले सरकारसँग कुनै पनि जिम्मेवारीका लागि केही माग नगर्ने उनले स्पष्ट पारे । “मैले गर्न नसक्ने केही पनि छैन जस्तो लाग्छ । तर मेरो माग चाँही केही छैन । हामी त सरकारलाई बाहिरबाटै सहयोग गर्दै आएका छौँ ।” उनले भने ।

भूकम्पपछिको पुनः निर्माणको काम सरकारले सन्तोषजनक रुपमा गर्न नसकेको बताउँदै कट्टेलले सरकारी निकायबिच योजना र प्रतिवद्धताको खाँचो रहेको बताए । भौतिक पूर्वाधार निर्माण मन्त्रालय तपाईले पाउनुपर्छ, यसमा सहमत हुनुहुन्छ ? भन्ने धमलाको प्रश्नमा कट्टेलले हाँस्दै भने, “देशको विकास र पुनः निर्माणलाई गति दिनका लागि हामी सहयोग गर्न चाहन्छौँ ।”

पछिल्लो समय नमुना नेपाल निर्माण अभियानमा आफूहरु केन्द्रित रहेको बताउँदै उनले सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरुलाई सहयोग गर्न आग्रह गरेका छन् । नमुना नेपाल निर्माणको काम निकै चुनौतिपूर्ण भएको भन्दै उनले काम गरौँ भावना भएकाले सफल बनाउन सकिने बताए । “धुर्मुस सुन्तली फाउण्डेसन धुर्मुस र सुन्तलीको मात्रै होइन । समग्र नेपालीहरुको हो । त्यसैले हामी सफल हुन्छौँ ।

https://youtu.be/_SPAkZglnvo



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।