नेपालले अफगानिस्तानको सामना गर्दै, नेपालले टस जितेर ब्याटिङ रोज्यो – हेर्नुहोस् प्रत्यक्ष प्रसारण

काठमाडौं, फागुन २६ । विश्वकप छनोट अन्र्तगतको आफ्नो तेस्रो खेलमा शनिबार नेपालले अफगानिस्तानको सामना गर्दैछ । जिम्बावेको बुलावायोस्थित एथ्लेटिक क्लबको मैदानमा नेपाल टस जितेर ब्याटिङ रोजेको छ ।

प्रतियोगितामा नेपाल र अफगानिस्तान दुबै पहिलो जितको खोजीमा हुनेछन् । यसअघिका तीन खेलमा पराजित भएको अफगानिस्तानका लागि सुपर सिक्समा स्थान बनाउन आजको खेल जित्नैपर्ने दबाव रहेको छ । यता नेपालका लागि यो तेस्रो खेल हो र नेपालले यसअघिका दुई खेलमा जिम्बावे र स्कटल्याण्डसँग पराजित भएको छ ।

नेपालले अफगानिस्तानलाई एकदिवशीय क्रिकेटमा एकपटक मात्र हराउन सकेको छ । सन् २००४ को एसीसी ट्रफीमा नेपालले अफगानिस्तानलाई हराएको थियो । त्यसयताका ६ भेटमा अफगानी टोली विजयी हुँदै आएको छ ।

https://youtu.be/A420JdwD4fo



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।