भारतीय नागरिकलाई सांसद बनाउनुको कारण सर्वोच्च अदालतले मागेपछि…

सर्वोच्च अदालतले प्रतिनिधिसभाका सांसद सुरेशचन्द्र दासको भारतीय मतदाता सूचिमा नाम राख्नुको कारण मागेको छ।

प्रधानन्यायाधीश गोपाल पराजुली, न्यायाधीशहरू दीपकराज जोशी, ओमप्रकाश मिश्र, चोलेन्द्र सम्शेर जबरा, दीपकमुमार कार्कीको संवैधानिक इजलासले निर्वाचन आयोगलाई भारतीय नागरिकलाई उम्मेदवार हुन दिनुको कारण देखाउन अस्ति बुधबार आदेश गरेको हो।

सिराहा धनगढीमाईका दुर्गानन्द चौधरीले सांसद दास भारतीय नागरिक भएकाले उनको सांसद पद खारेजीको माग गर्दै सर्वोच्च अदालतमा आइतबार निवेदन दिएका थिए।

उनले सांसद दासको नाममा आएको निर्वाचन परिणाम समेत बदरको माग गरेका छ। तर, दासले प्रतिनिधिसभा सदस्यको हैसियतमा सपथ लिइसकेका छन्।

नागरिक दैनिकले नेकपा माओवादी केन्द्रका तर्फबाट सिराहा निर्वाचन क्षेत्र नं.२ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद सुरेशचन्द्र दासको नाम भारतको मतदाता सूचीमा रहेको खुलेको समाचार प्रकाशित गरेको थियो। सोही आधारमा चौधरीले रिट निवेदन दर्ता गरेका हुन्।

निवेदकले निर्वाचन आयोग, संघीय संसद सचिवलाय, सांसद सुरेशचन्द्र दासलाई विपक्षी बनाइ रिट दर्ता गरेका थिए।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖