पिसाबमा रगत आउने भएपछि थुनामा रहेका रेशम चौधरीलाई काठमाडौं ल्याउन गृहमन्त्रीले दिए ठाडो निर्देशन

धनगढी । टीकापुर घटनामा पुर्पक्षका लागि थुनामा रहेका कैलाली क्षेत्र नं १ का सांसद रेशम चौधरीलाई थप उपचारका लागि काठमाडौं रिफर गरेको छ । शनिबार दिउँसो अचानक बेहोस भएका चौधरीलाई सेती अञ्चल अस्पताल भर्ना गरिएको थियो ।

उनलाई थप उपचारका लागि काठमाडौं पठाउन लागिएको हो। ‘पिसाबमा रगत आउने र रक्तचाप बढेपछि काठमाडौं रिफर गरिएको हो,’ प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले भने, ‘पाँच बजेको जहाजबाट केन्द्रीय कारागार काठमाडौं पठाउने तयारी छ।’

यो खबरसंगै गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले रेशम चौधरीलाई थप उपचारका लागि काठमाडौं ल्याउन गृह सचिवलाई ठाडो निर्देशन दिएका छन्। शनिबार दिउँसो गृहमन्त्री बादलले गृहसचिव मोहनकृष्ण सापकोटालाई चौधरीलाई तत्काल काठमाडौं झिकाउन आदेश दिएको गृह स्रोतले जानकारी दिएको हो।

२०७२ भदौ ७ गते कैलाली टीकापुर पशुहाट बजारमा भएको नरसंहार हत्याकाण्डमा उनी मुख्य दोषी रहेको आरोप लाग्दै आएको छ। टीकापुर घटनाका फरार अभियुक्त चौधरीले फागुन १४ गते कैलाली जिल्ला अदालतमा आत्मसमर्पण गरेका थिए। टीकापुर घटनापछि उनी भारत बस्दै आएका थिए।

भारतमै रहेर राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको तर्फबाट कैलाली १ मा प्रतिनिधिसभा सदस्य उम्मेदवारी दिएका चौधरी ३४ हजार ३ सय ४१ मतसहित विजयी भएका थिए। – लाईटनेपाल



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।