नेपालद्वारा अफगानिस्तानसामु १९५ रनको लक्ष्य, ऐरीले लिए अफगानिस्तानको महत्वपूर्ण विकेट

काठमाडौँ, २६ फागुन । आइसिसी विश्वकप क्रिकेट छनोट प्रतियोगितामा नेपालले अफगानिस्तानलाई १९५ रनको सामान्य लक्ष्य दिएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९.५ ओभरमा अल आउट हुँदै १९४ रन बनायो ।

नेपालका लागि कप्तान पारस खड्काले ७५ रनको उत्कृष्ट पारी खेले पनि अन्य व्याट्सम्यानले खेल्न नसक्दा सस्तैमा समेटिन पुग्यो । ८२ बल खेलेका कप्तान खड्काले एक छक्का र १० चौकाको मद्दतले ७५ रन बनाए ।

यस्तै, दीपेन्द्र सिंह ऐरीले ३२, उपकप्तान ज्ञानेन्द्र मल्लले २३ रन बनाए भने अनिल साह सात रनमा आउट भएका थिए ।

त्यसैगरी, रोहितकुमार पौडेलले एक, आरिफ शेखले २३, सोमपाल कामीले नौ र करण केसी छ रन बनाएर आउट भए ।

अफगानिस्तानका मोहम्मद नाबीले चार तथा रासिद खानले तीन विकेट लिए ।

अहिले जवाफी व्याटिङमा उत्रेको अफगानिस्तानले राम्रो सुरुवात गरेको छ ।

यो समाचार तयार पार्दा अफगानिस्तानले २० ओभरमा एक विकेट गुमाउँदै ८६ रन जोडेको छ ।

आजको खेल दुबै टोलीका लागि महत्वपूर्ण रहेको छ । अघिल्ला दुई खेलमा लगातार पराजय बेहोरेको नेपाली टोलीलाई सुपर सिक्सको सम्भावना जीवित राख्न यो खेलमा जित अत्यावश्यक छ भने तीन खेलमा हार व्यहोरिसकेको अफगानिस्तानका लागि पनि सुपर सिक्स पुग्ने झिनो आशा कायम राख्न आजको खेल जित्नै पर्ने दबाब छ ।

नेपालले अर्को खेल आगामी सोमबार हङकङसँग खेल्नेछ ।

ऐरीले लिए अफगानिस्तानको महत्वपूर्ण विकेट

विश्वकप छनोट क्रिकेटमा नेपालले दिएको १ सय ९५ रनको लक्ष्य पछ्याएको अफगानिस्तानको ३ विकेट गएको छ ।
नेपालका दिपेन्द्रसिंह ऐरीले अफगानिस्तानका रहमद शाहलाई ४६ रनमा आउट गराएका हुन् ।

यसअघि सन्दीप लामिछानेले अफगानिस्तानका जामिद अह्मादीलाई २६ रनमा आउट गराएका थिए । अफगानिस्तानकाे पहिलाे विकेट करण केसीले लिएका थिए । उनले अफगानिस्तानका कप्तान रासिद खानलार्इ २१ रनमा अाउट गराएका थिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।