बेन्च बहिष्कार गर्ने चोलेन्द्रबिरुद्ध मुद्दा चलाउन प्रधानन्यायाधीशले राष्ट्रपति भेटे

काठमाडौं । न्यायिक इतिहाँसमा क्रमभङगता गर्दै बेन्च बहिष्कार गर्ने न्यायाधीश चोलेन्द्रशम्शेर राणाबिरुद्ध अबहेलनाको मुद्दा दर्ताको तयारी गरिएको छ ।

मुद्दा दर्ता गर्नुभन्दा पहिले प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले सोमवार साँझ राष्ट्रपति बिद्यादेवी भण्डारीसँग १ घण्टा छलफल गरेका छन् । न्यायाधीश राणाबिरुद्ध अबहेलनको मुद्दा चलाउने बिषयमा राष्ट्रपतिसँग छलफल गरेको उच्च स्रोतले बताएको छ ।

आइवारदेखि सर्वाेच्च अदालतको पूर्णइजलासमा कान्तिपुर र डा. गोविन्द केसीको अबहेलना मुद्दामा बहस भइरहेको थियो । आइतवार इजलासमा बसेर न्यायसम्पादन गरेका न्यायाधीश चोलेन्द्रशम्शेर राणाले सोमवार एक्कासी बेन्च बहिष्कार गर्ने फैसला लेखे ।

नेपालको न्यायीक इतिहासमा यो पहिलो घटना हो । प्रधानन्यायाधीबिरुद्ध न्यायाधीशले विद्रोह गरेका छन् । प्रधानन्यायाधीशबिरुद्ध विद्रोह गरेका राणालाई मंगलबार कुनैपनि मुद्दा हेर्न दिइएको छैन । उनको नाममा कुनैपनि पेशी नचडेको सर्वाेच्च अदालतले जनाएको छ ।

न्यायाधीश चोलेन्द्रशम्शेरले विद्रोह गरेपछि न्यायक्षेत्र दुई भागमा विभाजन भएको छ । प्रधानन्यायाधीशका पक्षमा केही न्यायाधीश र नेपाल बार एशोसिएशन छ भने राणाका पक्षमा २ न्यायाधीश र पाटन वार एशोसिएशन रहेको छ ।- एस काठमाडौं



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।