यूएस बंगला विमान दुर्घटना : उपहार खरानीमा परिणत भयो तर प्रेमपूर्वक लेखिएको यो सन्देश जस्ताको तस्तै रह्यो

नेपालको हवार्इ इतिहासमै हिजो दिउँसो भएको विमान दुर्घटना सबैभन्दा ठूलो र भयानक हो । सो दुर्घटनाले लाखौं नेपाली र बंगालदेशी नागरिकलार्इ एकसाथ अथाह पीडा दियो ।

ल्यान्डिङको क्रममा गडबढी भएपछि यूएस–बंगला एयरलाइन्समा आगो दन्दनी बल्यो । त्यहाँ भित्र रहेका ४९ जना यात्रुसहित कागजपत्र, लगेज खरानीमा परिणत भए ।

तर, आश्चर्यजनक रूपमा एउटा यस्तो कागज फेला पर्यो, जसले दुनियाँलार्इ चकित बनाएको छ । सबैचिज जलेर खसानी हुँदा पनि नजलेको एउटा कागजमा विशेष प्रेम सन्देश थियो ।

प्रेम कहिल्यै मर्दैन भने जस्तै भयो । सायद कुनै उपहारमा टाँसिएको त्यो कागजमा लेखिएको थियो, ‘तिमीलाई मन पर्छ कि पर्दैन, तर लगाइदेऊ ।’

त्यो उपहार त खरानीमा परिणत भयो । तर, प्रेमपूर्वक लेखिएको सन्देश जस्ताको तस्तै रह्यो । सन्देश कसले कसका लागि लेखेको थियो भन्ने पनि खुल्न सकेन । तर, यो सन्देश पढेपछि लाखौं करोडौंका आँखा अवश्य रसाए र सबैले त्यो जोडीको अमरत्वका लागि कामना गरे । – जुमएनपीबाट



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।